महान्यायाधिवक्ता खरेलको राजीनामा

  • फागुन ११, २०७७
  • ८२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ फागुन ः प्रधानमन्त्रीको कानुनी सल्लाहकारको रूपमा मानिएको पदबाट आफनो असन्तुष्टि दर्शाउदै महान्यायाधिवक्ता अग्नि खरेलले आफ्नो राजीनामा दिएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षको वचाउ व्यवस्थित ढङले सर्वोच्च अदालतमा राम्ररी नसकेको भन्दै खरेललाई झपारे पछि उनले पदबाट राजीनामा दिएको विशेष सूत्रले जनाएको छ ।

महान्यायाधिवक्ता खरेलले प्रतिनिधिसभा विघटनको पक्षमा सशक्त ढङ्गले बहसका क्रममा जवाफ नदिएको प्रधानमन्त्री सहित उनको टिमको बुझाइ छ ।

केही दिन अगाडि खरेलले आफ्नो जन्मोत्सवको सन्दर्भमा भएको जमघटको अनौपचारिक छलफलमा राजीनामा दिने संकेत गरेका थिए ।

प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको बेला प्रधानमन्त्रीका कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ताको राजीनामा स्वीकृत गर्दा आफ्नो स्थिति कमजोर भइ रक्षात्मक अवस्थामा पुग्ने भएकाले तत्काल उनको राजीनामा स्वीकृत गरिएको छैन ।

कानुन मन्त्री बनिसकेका खरेललाई लामो राजनीतिक जोडघटाउन गरी अदालती र सरकारको कानुनी सेटिङका निम्ति कम वरियताको पद महान्यायाधिवक्तामा लगिएको तर त्यस अनुरूप काम गर्न नसकेकोमा अहिले ओली पक्षले उनको हुर्मत लिन खोजेका छन ।

प्रतिनिधिसभा विघटनको सन्दर्भमा उनले प्रधानमन्त्रीको निर्देश अनुसार काम गर्न नसकेको भन्दै ओली पक्षका व्यक्तिहरूबाट खरेलको आलोचना हुँदै आएको र आफ्नो अन्तरआत्मको आवाजको दबाबका कारण उनले राजीनामा दिएको खरेल निकटको भनाइ रहेको छ ।

संविधानमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नपाउने बताइसकेका खरेललाई महान्यायाधिवक्ताको हैसियतमा प्रधानमन्त्री ओलीको पैरवी गर्न सकस भइरहेको अदालतको परिदृश्यले दर्शाएको थियो ।

झिल्को डटकमबाट

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic