केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा तालाबन्दी

  • फागुन १३, २०७७
  • ७,२९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ फागुन ः केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा विद्यार्थीहरुले बुधवार तालावन्दी गरेकाछन् ।

विद्यार्थीहरुले आफ्ना मागको सुनुवाई नभएको भन्दै क्याम्पस प्रशासनमा तालावन्दी गरेका हुन् ।

विद्यार्थी संगठनहरुले संयुक्त बिज्ञप्ती जारी गर्दै प्रशासन समक्ष माग पत्र समेत वुझाएकाछन् ।

माग पत्र वुझाउदै तालावन्दी गर्ने विदार्थी संगठनहरुमा अनेरास्ववियू,नेपाल बिद्यार्थी संघ,समाजवादी बिद्यार्थी युनियनले रहेकाछन् ।

विद्यार्थीहरुले क्याम्पसमा अनेकन समस्याहरु रहेको अवस्थामा क्याम्पसले विआईटी संकाय थप्न खोजेको भन्दै आपत्ति समेत जनाएकाछन् ।

उनीहरुले आवश्यक छलफल समेत नगरी सो संकाय ल्याउन लागेको भन्दै तालाबन्दी गरेकाछन् ।

क्याम्पस प्रशासनले तालाबन्दीको बिषयलाई वेवास्ता गरी सो विषयमा कुनै पनि कार्य अगि बढाएमा संघर्षका थप कार्यक्रम घोषणा गरीने र त्यसबाट हुने क्षति स्वयम क्याम्पस प्रशासनले व्यहोनु पर्ने चेतावनि समेत विज्ञप्तिमा दिइएको छ ।

केन्द्रीय प्रविधि क्याम्पसको रुपमा स्थापित भएको क्याम्पसमा अन्य विषय समावेश गरेर क्याम्पसलाई वदनाम गराउन खोजेकोले आन्दोलन गर्नुपरेको अनेरास्ववियूका प्रतिनिधि किरण निरौलाले वताएकाछन् ।

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic