केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा तालाबन्दी

  • फागुन १३, २०७७
  • ७,३१६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ फागुन ः केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा विद्यार्थीहरुले बुधवार तालावन्दी गरेकाछन् ।

विद्यार्थीहरुले आफ्ना मागको सुनुवाई नभएको भन्दै क्याम्पस प्रशासनमा तालावन्दी गरेका हुन् ।

विद्यार्थी संगठनहरुले संयुक्त बिज्ञप्ती जारी गर्दै प्रशासन समक्ष माग पत्र समेत वुझाएकाछन् ।

माग पत्र वुझाउदै तालावन्दी गर्ने विदार्थी संगठनहरुमा अनेरास्ववियू,नेपाल बिद्यार्थी संघ,समाजवादी बिद्यार्थी युनियनले रहेकाछन् ।

विद्यार्थीहरुले क्याम्पसमा अनेकन समस्याहरु रहेको अवस्थामा क्याम्पसले विआईटी संकाय थप्न खोजेको भन्दै आपत्ति समेत जनाएकाछन् ।

उनीहरुले आवश्यक छलफल समेत नगरी सो संकाय ल्याउन लागेको भन्दै तालाबन्दी गरेकाछन् ।

क्याम्पस प्रशासनले तालाबन्दीको बिषयलाई वेवास्ता गरी सो विषयमा कुनै पनि कार्य अगि बढाएमा संघर्षका थप कार्यक्रम घोषणा गरीने र त्यसबाट हुने क्षति स्वयम क्याम्पस प्रशासनले व्यहोनु पर्ने चेतावनि समेत विज्ञप्तिमा दिइएको छ ।

केन्द्रीय प्रविधि क्याम्पसको रुपमा स्थापित भएको क्याम्पसमा अन्य विषय समावेश गरेर क्याम्पसलाई वदनाम गराउन खोजेकोले आन्दोलन गर्नुपरेको अनेरास्ववियूका प्रतिनिधि किरण निरौलाले वताएकाछन् ।

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic