सोलु एफएममा आगलागी, प्रसारण रोकियो

  • फागुन १७, २०७७
  • १,६०२ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१७ फागुन ः योङ स्टार क्लबद्धारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमको कार्यालयमा आगलागी भएको छ ।

सोमवार बिहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिए ।

सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुबजारमा सञ्चालित उक्त रेडियोको स्टुडियोबाट शुरु भएको आगोले रेकडिङसहित भवनसमेत जलेर नष्ट भएको प्रहरीले जनाइएको छ ।

आगलागीबाट रु. एक करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि कारण खुल्न सकेको छैन ।

नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी, रेडियोका कर्मचारी, प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाही, प्रहरी नायब उपरीक्षक दिनेश शर्मा, वडाध्यक्षलगायतको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

विसं २०६१ मा स्थापना भएको सोलु एफएम हाल एक हजार वाट क्षमतामा प्रसारण भइरहेको छ ।

रेडियोको सामग्री सबै जलेर नष्ट भएको हुँदा नियमित प्रसारणमा केही समय लग्न सक्ने समितिले जनाएको छ ।

रासस

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic