एमालेको पार्टी कार्यालयबाट माओवादी केन्द्र आउट

  • फागुन २५, २०७७
  • ३,२१४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ फागुन ः सर्वोच्च अदालतको फैसलाले नेकपालाई खारेज गरेपछि दुइ कम्युनिष्ट पार्टी अलग अलग रुपमा पार्टी सञ्चालनको तयारीमा लागेकाछन् ।

अदालतले साविक कै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिए पछि दुवै पार्टी अलग अलगरुपमा कार्यालय सञ्चालन गर्ने तयारीमा लागेका हुन् ।

uml sunsari 2

सुनसरीमा इनरुवास्थित नेकपाको पार्टी कार्यालयबाट माओवादी केन्द्र आउट भएको छ । हाल नेकपाको पार्टी कार्यालय रहेको कार्यालय नेकपा एमालेको पार्टी कार्यालयको रुपमा सञ्चालनमा रहेको थियो ।

अदालतको फैसला अनुसार नेकपाको जिल्ला नेतृत्व बैठक बसेर एमाले र माओवादी केन्द्र अलग अलग हुने निर्णय गरिएको एमाले अध्यक्ष रमेश बस्नेतले जानकारी दिएकाछन् ।

158310953_1755932141242171_1532120747707133248_n

बस्नेतका अनुसार अव माओवादी केन्द्रले पार्टी कार्यालय आफै व्यवस्थापन गनुपर्नेछ । नेकपाको पार्टी कार्यालय एमालेकै भएकोले अबदेखि नेकपा एमालेको पार्टी कार्यालय त्यहीबाट सञ्चालन हुने उनको भनाई रहेको छ ।

नेकपाका सुनसरी अध्यक्ष पप्पु मण्डलले सर्वोच्चको फैसला कार्यान्वयन गर्नेक्रममा माओवादी केन्द्रले पुर्व एमालेको पार्टी कार्यालय छोडेर आफ्नै पार्टी कार्यालय जाने निर्णय गरिएको जानकारी दिएकाछन् ।

प्रचण्ड माधव पक्षको स्थायी कमिटीको सोमवार बसेको बैठकले सर्वोच्चको फैसलाबाट एमाले र माओवादी केन्द्र अलग अलग रहने निर्णय गरेको थियो ।

नेपालका दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेठ ३ गते एकीकरण भएर नेकपा गठन भएको थियो ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic