माधव नेपालद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी

  • फागुन २९, २०७७
  • ६,९९३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ फागुन ःनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताहरुलाई पद विहिन बनाउने गरी कमिटी विस्तार गरेपछि माधव नेपाल पक्षले समानात्तर कमिटी विस्तार गरेको छ ।

अध्यक्ष ओलीमा आफूहरुलाई पेलानमा खोजेकोले बाध्य भएर त्यसलाई काउण्टर दिनको लागि समानान्तर कमिटी विस्तार गरेको हो ।

पार्टीले दिएको जानकारी अनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई दिएको छ भने प्रदेश २ को संयोजनको जिम्मा घनश्याम भुसाललाई दिएको छ ।

त्यसैगरी प्रदेश ३ को संयोजनको जिम्मेवारी अष्टलक्ष्मी शाक्यलाई दिएको छ भने प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई प्रदान गरेको छ ।

प्रदेश ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको पाटीले जनाएको छ ।

त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।

सवै जनवर्गीय संगठनहरु समेत कमिटी गठन गर्दै लगिने पार्टीले जनाएको छ ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic