ओली र नेपालबीचको भेटवार्ता सम्पन्न २८ गतेको निर्णय सच्चाउन नेपाल पक्षको अडानमा

  • चैत २, २०७७
  • १,५५२ पटक पढिएको
  • छाल खबर
alt

धरान,२ चैत ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष बीचको भेटवार्ता सकिएको छ ।

ओली र नेपाल पक्षबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको थियो । बैठकमा आन्तरिक एकताको विषयमा छलफल केन्द्रित भएको नेता रघुजी पन्तले जानकारी दिए ।

२८ फागुनमा ओली पक्षले गरेको निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षको अडान राखेको थियो ।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा माधव नेपाल पक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको बताए । त्यसमा अध्यक्ष ओलीबाट ठोस जवाफ नआएको उनको भनाई रहेको छ ।

नेपाल पक्षलाई खबर नै नगरी त्यसदिन बालुवाटारमा अध्यक्ष ओलीले २३ जना माओवादी नेतालाई केन्द्रीय कमिटीमा मनोनित गर्नेदेखि विधान संशोधनसम्मका निर्णय गरेका थिए । उक्त निर्णय सच्याउनुपर्ने नेपाल पक्षको अडान रहेको छ ।

यस्तै नेता पन्तले अदालतले सबैलाई एकै ठाउँमा ल्याइदिएकाले एमालेलाई एकताबद्ध बनाएर सुदृढ दिशातिर अघि बढ्नुपर्ने विषयमा छलफल भएको बताए । दुबै पक्षले आआफ्नो अडान राखेको भन्दै छलफल जारी रहने पनि नेता पन्तको भनाइ छ ।

तल्लो तहका स्थानीय नेताहरुले भने दुवै पक्षले मिहिन ढंगले समिक्षा गरेर पार्टीलाई एकढिक्का बनाएर लानुपर्ने माग गर्दै आएकाछन् ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic