एमाले धरान नगर कमिटी विस्तार, नगर कमिटी अव वडा वडामा क्रियाशिल हुने

  • चैत ८, २०७७
  • २,६२० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ चैत ः नेकपा एमाले धरान उपमहानगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले नगर कमिटी तथा सचिवालय विस्तार गरेको छ ।

धरान–१ स्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नगर कमिटीमा १ सय ९९ सदस्य थप गरेको छ ।त्यस्तै बैठकले नगर सचिवालयलाई ५९ सदस्यीय बनाएको छ ।

बैठकले चैत्र १४ गते नगर कमिटीको विस्तारित बैठक गर्ने भएको छ । एमाले नगर कमिटीका सचिब राजमणि निरौलाका अनुसार पार्टीलाई एकिकृत गरि क्रियासिल बनाउन वडा भेला लगायतका कार्यक्रमहरु तिव्र रुपमा सञ्चालन गर्ने निर्णय सचिबालय बैठकले गरेको छ ।

सर्बोच्च अदालतको फैसलापछि पार्टिी भित्र देखिएका अन्योलता र समस्याहरु हटाउने तथा कार्यकर्ताहरुलाई गुटगत कार्य तथा गतिबिधिमा सजग रहन सचेत गराउन पनि वडा वडामा भेला तथा कार्यक्रमहरु गर्न लागिएको एमाले धरान नगर कमिटीका अध्यक्ष नारायणप्रसाद सुबेदीले जानकारी दिएकाछन् ।

सचिवालय बैठकमा जिल्ला कमिटीका सचिवालय सदस्यहरु पदमप्रसाद लिम्बु,नरेश इवारम,बेणु काफ्ले,रेवतीरमण राई,इन्द्रबहादुर राई,मणिराम राईलगायतको उपस्थिती रहेको थियो ।

बैठकले आधिकारीक एमाले नारायण सुवेदी नेतृत्वको कमिटी भएको भन्दैं तल्लो तहका कार्यकर्ताहरुमा भएको अन्यौलता हटाउन व्यपक रुपमा वडा वडामा कार्यकर्ताहरु परिचालन गरिएको समेत सचिव निरौलाले जानकारी दिएकाछन् ।

को को छन् सचिवालयमा

योगेश बाबु काफ्ले
अनुप देवान
रामकुमार राई
स्वर्णिम फोम्वो
रतन लिम्वु
दिवस राई
व्रम्हज्ञ भट्टराई
खगेन्द्र नेपाली
किशोर परियार
टंक राई
प्रेम राई
दिलकुमार गिरी
बावुलाल लामा
भुवनसिं बस्नेत
कमला श्रेष्ठ
पदमा सुव्वा
सविता कोइराला
मणि राई
सौरभ सञ्जेल
मोनालिशा श्रेष्ठ
उषा सुव्वा
टेक तामाङ
राधिका राई
धनबहादुर राई
चन्द्र भुजेल
राजकुमार राई ९तिलक०
गणेश श्रेष्ठ
भोला श्रेष्ठ
विकास राई
विकास बनेपाली
हरीनारायण श्रेष्ठ
भीम देवान
हिरादेवी राई
गोपी योगी
नविन राई
तु्फान मगर
कमल राई

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic