काठमाडौलाई विर्साउने हिटी चतरामा निर्माण हुने

  • चैत १२, २०७७
  • ३,०८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ चैत ः पुराना पुस्तालाई हिटीको वारेमा जानकारी भएपनि नया पुस्तालाई भने हिटीको वारेमा थाहा छैन ।नया पुस्तालाई हिटीको वारेमा जानकारी र सेवा दिने उदेश्यले सुनसरीको वराहक्षेत्र स्थित चतरामा हिटी (ढुङगे धारा) निर्माण हुने भएको छ ।
प्रथम जगतगुरु पीठमा प्राचिन शैलीको हिटी (ढुङगे धारा) निर्माण गरीने भएको हो ।

2 1
हिटी काठमाडौं बाहिर पूर्वमा पहिलो पटक श्रीराधा सर्वेश्वर हिटी बुधवार एक कार्यक्रमका वीच शिलान्याश गरीएको छ ।
हिटीको शिलान्याश विश्व हिन्दू परिषद् नेपाल, धरानका अध्यक्ष देवराज अधिकारी तथा काठमाडौंका कवि तथा साहित्यकार नरेन्द्र श्रेष्ठले गरेका थिए ।
विश्व हिन्दु परिषदको अगुवाईमा निर्माण हुन लागेको सो हिटिको लागत ८ लाख रुपैया लाग्ने निर्माण संयोजक तथा परिषदका अध्यक्ष देवराज अधिकारीले जानकारी दिएकाछन् ।
हिटी लिच्छवी र मल्लकालिन शैलीको इँटा डाँची अप्पा प्रगोग गरी १२ फिटको उचाईको निर्माण गरीने संयोजक अधिकारीले जानकारी दिएकाछन् ।

32
उनका अनुसार धाराको वरीपरी फूलवारी र गार्डेन निर्माण गरीने लक्ष्य रहेको छ । हिटीबाट चौविसै घण्टा पानी आउने र पिउने मिल्ने पानीको व्ःयावस्था मिलाइने भएको छ ।
हिटी निर्माणका लागि २१ जना दाताले जनही २१ हजारका दरले दान गरीसकेको अध्यक्ष अधिकारीको भनाई रहेको छ । कार्यक्रमका प्रमुख अतिथि रहेका नरेन्द्र श्रेष्ठले आमा शुभद्रा देवी र बुवा पूर्णबहादुर श्रेष्ठको स्मृतिमा ३१ हजार रुपैया दान दिएका थिए ।
हिटीको उद्घाटन डा. भोला रिजाबाट वैशाख ३१ गते गरीने अधिकारीले जानकारी गराएकाछन् ।
हिटी निर्माण पश्चात नियमित पिउने पानीको सुविधा हुनुका साथै पूर्वका पहिलो पटक निर्माण गरीएकोले धार्मिक पर्यटकहरु समेत यसलाई हेर्न आउनेको संख्यमा वृद्धि भई आन्तरीक पर्यटनमा समेत वृद्धि हुने आयोजकको दावी रहेको छ ।
यो पीठमा आउने भक्तजनहरुका लागि यसले ठूलो सेवा मिल्नुका साथै थप प्रचार हुने समेत आयोजकको विश्वास रहेको छ ।
पीठका महासचिव प्रल्हाद भट्टराईले विश्व हिन्दु परिषदले पुन्यको कार्य गरेको भन्दै यस्ता कार्यमा सवैको साथ सहयोग हुनुपर्नेमा जोड दिएका थिए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic