जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने काँग्रेसको निर्णय

  • चैत १४, २०७७
  • ८९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, १४ चैत । नेपाली काँग्रेस नेता स्वर्गिय नवीन्द्रराज जोशीको शनिवार निधन भएको छ ।

जोशीको निधनमा सम्मानमा तीन दिन पार्टीको पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।

सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय गरेको प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिए ।

१७ गते एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ । १३ दिनसम्म सबै पार्टी कार्यालयमा पुस्तिका राख्ने तर तीन दिन शोकसभा कार्यक्रम मात्रै गर्ने निर्णय भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले जोशीप्रति एक मिनेट मौनधारण गरि शोक प्रस्ताव पारित गरेको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागि थिएनन् । विराटनगरमा रहेका पौडेल मौसम खराबीका कारण काठमाडौं फर्कन नपाएकाले बैठकमा सहभागी हुन नसकेका हुन् ।

नेता जोशीको नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति निधन भएको हो । स्व जोशीको पार्थिव शरीरलाई मध्याह्न १२।०० बजेदेखि २।०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयले जनाएको छ ।

गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उहाँलाई उपचारार्थ वीर अस्पताल हँुदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो ।

विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मनुभएका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic