पत्रकार महासंघको उम्मेदवारी दर्ता

  • चैत १५, २०७७
  • ३,४४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं ,१५ चैत ः नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनका लागि शनिबार उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा तीनजनाको उम्मेदवारी परेको छ ।

नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाललगायत संगठनले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।

संयुक्त गठबन्धनका तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी जनजाति सचिवमा नारायण किलम्बू, मधेसी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विकले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समितिको संयोजकमा लेखनाथ न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहका तर्फबाट वरिष्ठ पत्रकार निर्मला शर्माको अध्यक्षमा उम्मेदवारी परेको छ ।

यो समूहबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष महिलामा दाना केसी, उपाध्यक्ष समावेशीमा अवदेशकुमार झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुलामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी जनजातिमा शाहीमान राई, सचिव मधेसीमा श्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एसोसिएटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी र लेखा समिति संयोजकमा द्वारिका काफ्लेले उम्मेवारी दिएका छन् ।

यस्तै, स्वतन्त्र रूपमा गजेन्द्र बुढाथोकीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । खुला उपाध्यक्षमा धुव्र लम्साल, समावेशी उपाध्यक्षमा शीतलप्रसाद महतो र कोषाध्यक्षमा प्रकाश थापाको पनि उम्मेदवारी परेको छ । महासंघको निर्वाचन यही २५ चैतमा हुँदै छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic