पत्रकार महासंघको उम्मेदवारी दर्ता

  • चैत १५, २०७७
  • ३,४६३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं ,१५ चैत ः नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनका लागि शनिबार उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा तीनजनाको उम्मेदवारी परेको छ ।

नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाललगायत संगठनले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।

संयुक्त गठबन्धनका तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी जनजाति सचिवमा नारायण किलम्बू, मधेसी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विकले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समितिको संयोजकमा लेखनाथ न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहका तर्फबाट वरिष्ठ पत्रकार निर्मला शर्माको अध्यक्षमा उम्मेदवारी परेको छ ।

यो समूहबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष महिलामा दाना केसी, उपाध्यक्ष समावेशीमा अवदेशकुमार झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुलामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी जनजातिमा शाहीमान राई, सचिव मधेसीमा श्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एसोसिएटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी र लेखा समिति संयोजकमा द्वारिका काफ्लेले उम्मेवारी दिएका छन् ।

यस्तै, स्वतन्त्र रूपमा गजेन्द्र बुढाथोकीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । खुला उपाध्यक्षमा धुव्र लम्साल, समावेशी उपाध्यक्षमा शीतलप्रसाद महतो र कोषाध्यक्षमा प्रकाश थापाको पनि उम्मेदवारी परेको छ । महासंघको निर्वाचन यही २५ चैतमा हुँदै छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic