हात्तिसार क्याम्पसमा पहिलो पटक विआईटी कोर्ष शुरु मुलुकलाई आवस्यक पर्ने दक्ष जनशक्ति पुरा हुने विश्वास

  • चैत १६, २०७७
  • १७,३७५ पटक पढिएको
  • भोला श्रेष्ठ
alt

भोला श्रेष्ठ
धरान,१६ चैत ः कम्प्युटर क्षेत्रको जनशक्ति उत्पादन गर्ने उदेश्यले धरान स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारले पहिलो पटक व्याच्लर इन इनफरमेसन टेक्नोलोजी (विट)को भर्ना शुरु गरेको छ ।

पहिलो वर्षका लागि ३६ जनाको लागि क्याम्पसले यसैसाताबाट कलेजमा भर्ना शुरु गरेको हो ।

कलेजले दिएको जानकारी अनुसार यो ४ वर्षे कोर्ष रहेकोमा ६ महिनाको एक सेमेस्टर र ८ सेमेस्टरमा यो कोर्ष सकिनेछ ।

त्रिभुवन विश्वविद्यालय अन्र्तगतका विज्ञान तथा प्रविधि अध्ययन संस्थानका आंगिक क्याम्पसहरुलाई मात्र यो कोर्ष पढाउनका लागि स्विकृति दिइएको हात्तिसार क्याम्पस धरानका क्याम्पस प्रमुख दिलकुमार लिम्वुले जानकारी दिएकाछन् ।

यो नेपालको लागि नया कोर्षको रुपमा पढाई शुरु भएको हो । यो कोर्ष २०७६ सालबाट नेपालमा पढाई शुरु भएको हो ।

क्याम्पसले दिएको जानकारी अनुसार जुनसुकै विषय लिएर प्लस टु उर्तिण गरेका विद्यार्थीहरुले फारम भर्न पाउनेछन् भने फारम भर्दा परिक्षा केन्द्र उल्लेख गरेका कुनैपनि ठाउबाट परिक्षा दिन मिल्ने व्यवस्था रहेको छ ।

धरानमा पढनको लागि पोखराका विद्यार्थीले पोखराबाटै परिक्षा दिन सक्नेछन् ।

परिक्षा विराटनगर,चितवन,काठमाडौं र महेन्द्रनगरबाट पनि दिन सकिनेछ । प्रवेश परिक्षाका लागि विद्यार्थीले अनलाइन प्रणालीबाट आफूलाई सहज हुने कुनैपनि ठाउबाट परिक्षा दिन सक्नेगरी फारम भर्न पाउने व्यवस्था क्याम्पसले गरेको छ ।

जुन विद्यार्थी जहा छ उसले सोही क्षेत्रबाट परिक्षा दिन पाउने छ । प्रवेश परिक्षामा उत्र्तिण भएका विद्यार्थीहरुले मात्र सो कोर्ष पढन पाउनेछन् ।

कम्प्युटर विषयलाई विशेष आर्कषण क्षेत्र वनाएपनि यहा सामाजिक लगायत अन्य कार्य गर्न सक्ने दक्षजनशक्ति उत्पादन गरीनेछ ।

नेपालका लागि समय सापेक्ष कोर्ष तयार गरीएको र उत्पादित जनशक्तिले तुरुन्तै रोजगारीको ग्यारेन्टी हुने क्याम्पस प्रमुख दिलकुमार लिम्वुको दावी रहेको छ ।प्राविधिक मात्र नभएर अन्य क्षेत्रको पनि दक्ष जनशक्ति उत्पादन हुने भएकोले रोजगारीको सुनिश्चित हुनेछ ।

यो कोर्ष पुरा भए लगत्तै मुलुकलाई आवस्यक रहेको कम्प्युटर अधिकृत लगायत आवस्यक दक्ष जनशक्ति पुरा हुदै जाने क्याम्पस प्रमुख लिम्वुको विश्वास रहेको छ ।

लिम्वुका अनुसार यो कोर्ष पुरा गर्नको लागि करिव ३ लाख ५० हजार अनुमानित खर्च लाग्नेछ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic