नेपाल र रावललाई साधारण सदस्यबाट निलम्बन कारवाही गर्ने कुनै अधिकार छैन नेपाल

  • चैत १६, २०७७
  • ३,८०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, १६ चैत नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल कारवाहीमा परेका छन्।

उनीहरूलाई आज पार्टीले ६ महिनाको लागि साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको हो।

यही चैत ८ गते पार्टीले मागेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएपछि कारवाही गर्नु परेको एमालेले नेपाल र रावललाई पठाएको पत्रमा उल्लेख छ।

६ महिनाको निलम्बन सच्चिनका लागि भएको एमालेले जनाएको छ। “सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टीविरोधी गतिविधिहरू कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारवाही गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ,” पार्टीले नेता नेपाललाई पठाएको पत्रमा उल्लेख छ ।

यता अध्यक्ष ओलीले ६ महिनाका लागि निलम्वन गर्ने निर्णय गरेपछी बरिष्ठ नेता माधव नेपालले केपी शर्मा ओली एमालेको अध्यक्ष नरहेकाले उनमा कारवाही गर्ने कुनै अधिकार नरहेको बताएका छन् । ओलीले आफैं केन्द्रीय कमिटी भंग गरेको अवस्थामा यसरी कारवाही गर्न नमिल्ने उनले बताए ।
ओलीले निलम्वन गरेको पत्र आफूले नपाएको बताउँदै नेता नेपालले अब देशव्यापीरुपमा ओलीविरुद्ध उत्रन कार्यकर्ताहरुलाई आह्वानसमेत गरे ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic