महासंघ निर्वाचन प्रदेश १ मा ६५ उम्मेद्वार

  • चैत २०, २०७७
  • २,०७९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० चैत ः नेपाल पत्रकार महासङ्घको प्रदेश १ को निर्वाचनमा अध्यक्ष पदका लागि ३ जनाले उम्मेद्वारी दर्ता गराएकाछन् ।

निर्वाचन समितिका अनुुसार बिहीबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको हो ।

अध्यक्षमा मोहन काजी, लीलावल्लभ घिमिरे र सोमनाथ सुसेलीले बिहीबार उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्षमा प्रेस युनियन र प्रेस सेण्टरको गठनबन्धनबाट युनियनका घिमिरेले उम्मेदवारी दिएका हुन् ।

एक जना खुल्ला उपाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । खुल्ला उपाध्यक्षमा अर्जुन जम्नेली राई, रोहितकुमार राई र लवदेव ढुङ्गानाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै एकजना महिला उपाध्यक्षका लागि कोकिला ढकाल र हिमाकुमारी चेम्जोङको उम्मेदवारी परेको छ ।

१ जना महासचिवका लागि ४ जनाको उम्मेदवारी परेको छ । महासचिवमा विवेक गौतम, फिपराज बेघा लिम्बू, बन्धु पोखरेल र शिशा राई (श्रीप्रसाद) छन् ।

खुल्लातर्फ एकजना सचिवमा तीन जनाको उम्मेदवारी परेको छ । खुल्ला सचिवमा कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बू छन् ।

यस्तै समावेशी सचिवमा सन्तवीर लामा र सन्तोष यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

कोषाध्यक्षमा गणेश साम्पाङ, विमल लामिछाने ‘बुद्धि’ र सन्तोष रुचालले उम्मेदवारी दिएका छन् । पाँच जना खुल्ला सदस्यको पदमा १४ जनाको उम्मेदवारी परेको छ ।

खुल्ला सदस्यहरूमा कमल रिमाल, केशरबहादुर चौहान, केशव भट्टराई, गोपालप्रसाद पोखरेल, टीकाराम उप्रेती, तेजेन्द्र भण्डारी, तोयानाथ भट्टराई, ध्रुव भट्टराई, मीनराज (प्रवास) उप्रेती, युवराज विवश, लीलाराज झापाली, सत्यनारायण शर्मा, सुमन गुरागाईं र सुरेन्द्र भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

तीन जना महिला सदस्यको पदमा ७ जनाको उम्मेदवारी परेको छ । देविका चाम्लिङ राई, विनादेवी तामाङ, विनु तिम्सिना, माला पालुङ, शुभद्रा प्याकुरेल, सुमित्रा कोइराला र सुशीला पाठकले महिला सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

दलित सदस्यमा पिबी दियाली र रणध्वज लोहारले उम्मेदवारी दिएका छन् । आदिवासी जनजाति सदस्यमा उपेन्द्र चाम्लिङ, दिलकुमार लावती, विष्णु सुब्बा र यमनकुमार दनुवारले उम्मेदवारी दिएका छन् । दुईजना मधेशी सदस्य पदमा पाँच जनाले उम्मेदवारी दिएका छन् ।

मधेशी सदस्यहरूमा चन्दनकुमार रौनियार, प्रमोदकुमार यादव, फुलचन्द मेहता, ब्रम्हदेव यादव र सूर्यनारायण यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

अल्पसङ्ख्यक सदस्यमा ताविल अन्सारी, लीलाबहादुर सुनुवार र विजय धिमालले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्ष र समावेशी सचिवबाहेक सबै पदमा संयुक्त प्यानलकै सदस्यहरूबाट बागीको रूपमा उम्मेदवारी दर्ता भएको बताइएको छ ।

निर्वाचन समितिका अनुसार उम्मेदवारको प्रकाशित नामावली उपर दाबी विरोधको समय चैत २० गते दिउँसो १ बजेसम्मका लागि तोकिएको छ ।२१ पदका लागि ५६ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश १ मा १ हजार ६ सय बढी मतदाता रहेका छन् । महासङ्घको चुनाव आगामी चैत २५ गते हुँदैछ ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic