महासंघ निर्वाचन प्रदेश १ मा ६५ उम्मेद्वार

  • चैत २०, २०७७
  • २,१०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० चैत ः नेपाल पत्रकार महासङ्घको प्रदेश १ को निर्वाचनमा अध्यक्ष पदका लागि ३ जनाले उम्मेद्वारी दर्ता गराएकाछन् ।

निर्वाचन समितिका अनुुसार बिहीबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको हो ।

अध्यक्षमा मोहन काजी, लीलावल्लभ घिमिरे र सोमनाथ सुसेलीले बिहीबार उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्षमा प्रेस युनियन र प्रेस सेण्टरको गठनबन्धनबाट युनियनका घिमिरेले उम्मेदवारी दिएका हुन् ।

एक जना खुल्ला उपाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । खुल्ला उपाध्यक्षमा अर्जुन जम्नेली राई, रोहितकुमार राई र लवदेव ढुङ्गानाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै एकजना महिला उपाध्यक्षका लागि कोकिला ढकाल र हिमाकुमारी चेम्जोङको उम्मेदवारी परेको छ ।

१ जना महासचिवका लागि ४ जनाको उम्मेदवारी परेको छ । महासचिवमा विवेक गौतम, फिपराज बेघा लिम्बू, बन्धु पोखरेल र शिशा राई (श्रीप्रसाद) छन् ।

खुल्लातर्फ एकजना सचिवमा तीन जनाको उम्मेदवारी परेको छ । खुल्ला सचिवमा कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बू छन् ।

यस्तै समावेशी सचिवमा सन्तवीर लामा र सन्तोष यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

कोषाध्यक्षमा गणेश साम्पाङ, विमल लामिछाने ‘बुद्धि’ र सन्तोष रुचालले उम्मेदवारी दिएका छन् । पाँच जना खुल्ला सदस्यको पदमा १४ जनाको उम्मेदवारी परेको छ ।

खुल्ला सदस्यहरूमा कमल रिमाल, केशरबहादुर चौहान, केशव भट्टराई, गोपालप्रसाद पोखरेल, टीकाराम उप्रेती, तेजेन्द्र भण्डारी, तोयानाथ भट्टराई, ध्रुव भट्टराई, मीनराज (प्रवास) उप्रेती, युवराज विवश, लीलाराज झापाली, सत्यनारायण शर्मा, सुमन गुरागाईं र सुरेन्द्र भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

तीन जना महिला सदस्यको पदमा ७ जनाको उम्मेदवारी परेको छ । देविका चाम्लिङ राई, विनादेवी तामाङ, विनु तिम्सिना, माला पालुङ, शुभद्रा प्याकुरेल, सुमित्रा कोइराला र सुशीला पाठकले महिला सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

दलित सदस्यमा पिबी दियाली र रणध्वज लोहारले उम्मेदवारी दिएका छन् । आदिवासी जनजाति सदस्यमा उपेन्द्र चाम्लिङ, दिलकुमार लावती, विष्णु सुब्बा र यमनकुमार दनुवारले उम्मेदवारी दिएका छन् । दुईजना मधेशी सदस्य पदमा पाँच जनाले उम्मेदवारी दिएका छन् ।

मधेशी सदस्यहरूमा चन्दनकुमार रौनियार, प्रमोदकुमार यादव, फुलचन्द मेहता, ब्रम्हदेव यादव र सूर्यनारायण यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

अल्पसङ्ख्यक सदस्यमा ताविल अन्सारी, लीलाबहादुर सुनुवार र विजय धिमालले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्ष र समावेशी सचिवबाहेक सबै पदमा संयुक्त प्यानलकै सदस्यहरूबाट बागीको रूपमा उम्मेदवारी दर्ता भएको बताइएको छ ।

निर्वाचन समितिका अनुसार उम्मेदवारको प्रकाशित नामावली उपर दाबी विरोधको समय चैत २० गते दिउँसो १ बजेसम्मका लागि तोकिएको छ ।२१ पदका लागि ५६ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश १ मा १ हजार ६ सय बढी मतदाता रहेका छन् । महासङ्घको चुनाव आगामी चैत २५ गते हुँदैछ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic