सुनसरीमा एक अध्यक्ष पदका लागि चार जनाको उम्मेद्वारी जनकऋषि राई र सन्तोष काफ्लेबीच प्रतिष्पर्धा, युनियनबाट २ जनाको अध्यक्षमै बागी

  • चैत २३, २०७७
  • ४८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ चैत ः नेपाल पत्रकार महासंघ सुनसरीको निर्वाचनमा एक अध्यक्ष पदका लागि ४ जनाले उम्मेद्वारी दर्ता गरएकाछन् ।

नेपाल पत्रकार महासंघको आगामी चैत्र २५ गते हुने निर्वाचनका लागि सुनसरी जिल्लामा पत्रकारहरुले मनोनयन दर्ता गराएका हुन् ।

प्रेस,सेन्टर,प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट जनक ऋषि राईले अध्यक्षमा दताए जनकऋषि राई गराएकाछन् भने सन्तोष काफ्ले ओली निकट प्रेस चौतारी,प्रेस मञ्च लगायतको गठवन्धनबाट उम्मेदवारी दताए गराएकाछन् ।

सुविद गुरागाई र सचिन पोख्रेलले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएकाछन् । उनीहरु दुवैजना युनियन समर्थक हुन ।
यस्तै, राई प्यानलबाट युनियनका गणेश निरौलाले उपाध्यक्ष पदमा रहेका छन् ।

महिला उपाध्यक्षमा उषाकिरण भट्टराई, रञ्जना पौडेल, ओलीनिकट प्रेस चौतारीबाट सुमित्रा राई ९सञ्जु० र स्वतन्त्र उपाध्यक्षमा मनिता चाम्लिङ चुनावी मैदानमा छन् ।

यस्तै, सचिव पदको उम्मेद्वारका लागि काफ्लेको समूहबाट दिनेश गजमेर, राई प्यानलबाट ध्रुव ढकाल र बागीमा भरतराज शर्मा (गोपाल), पर्शुराम बाह्रकोटी रहेका छन् ।शर्मा सेन्टरका वागी उम्मेदवार हुन भने वाह्कोटी युनियनका वागी उम्मे्दवार हुन ।

यस्तै, सहसचिवमा राई प्यानलबाट खुल्ला सहसचिवमा तिर्थबहादुर कार्की, काफ्ले समूहबाट विकल रेग्मी रहेका छन् । हिमाल राई ले यनियनको तर्फबाट सहसचिवमै बागीमा ्उम्मेद्वारी दर्ता गराएकाछन् ।

यस्तै, समावेशी समूहको सहसचिवमा राई समूहबाट भोला श्रेष्ठले उम्मेद्वारी दर्ता गरएकाछन् भने समावेशी सहसचिवमा प्रेस चौतारीबाट प्रदीपकुमार चौधरीले दर्ता गराएकाछन् ।

युनियनका निशान प्रकृति थारुले वागी उम्मेदवारी दर्ता गराएकाछन् ।
कोषाध्यक्ष पदका लागि अजिकुमार झा, कृष्णप्रसाद बहाव भट्टराई, निशान प्रकृति थारु चुनावी मैदानमा छन् ।

निर्वाचन कार्यलयले दिएको जानकारी अनुसार आइतबार साँझ ६ बजेसम्ममा पहिलो नामावली प्रकाशन गरिएको छ । उम्मेदवारको नाम फिर्ता लिने समय भोलि दिउँसो २ बजेसम्म राखिएको छ ।

उम्मेदवारको अन्तिम नामावली भोलि दिउँसो ४ बजे प्रकाशन गरिनेछ ।
आगामी २५ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म पत्रकारहरुले उम्मेदवारलाई मतदान गर्ने समय निर्धारण गरिएको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic