पत्रकार महासंघ सुनसरीको अध्यक्षमा जनकऋषि राई निर्वाचित

  • चैत २७, २०७७
  • २,९१७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ चैत ः नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा जनक ऋषि राई विजयी वनेकाछन् ।

उनले उनका निकटतम प्रतिद्धन्द्धी सन्तोष काफ्लेलाई पराजित गरी उनी अध्यक्ष वनेका हुन् ।

last

राई प्रेस युनियन,प्रेस चौतारी, प्रेस सेन्टरको गठवन्धनबाट साझ उम्मेदवार वनेका थिए ।

सुनसरीमा संविधान, लोकतन्त्र र अग्रगमन पक्षधर श्रमजीवी पक्षधर पत्रकारहरुको साझा प्यानल विजयी बनेको हो ।

अध्यक्ष पदका प्रत्याशी प्रेस चौतारी नेपाल (ओलीनिकट समूह) का सन्तोष काफ्लेले ६५ मत ल्याएका छन् । उनलाई प्रेस मञ्चको समेत ‘समर्थन रहेको थियो ।

dil4

अध्यक्ष पदमै प्रेस युनियनबाट बागी उम्मेदवार बनेका सचिन पोख्रेलले ४५ मत ल्याए भने सुविद गुरागाईंले १० मत ल्याएका छन् ।

यता खुल्ला उपाध्यक्षमा गठबन्धनका गणेश निरौलाले १४२ मत ल्याउँदै विजयी बने भने प्रेस चौतारी नेपालका सुमन पुरीले ९८ मत पाएका छन् ।

dil2

महिला उपाध्यक्ष पदमा उषाकिरण भट्टराईले १०० मत ल्याउँदै विजयी बनिन् भने उनका प्रतिद्वन्द्वी प्रेस चौतारी नेपालकी सुमित्रा राई ९सञ्जु० ले ४५ मत मात्र पाएकी छिन् ।

उपाध्यक्षमा स्वतन्त्रबाट चुनाव लडेकी मनिता चाम्लिङ राईले ५३ मत, प्रेस युनियनबाट बागी उठेकी रञ्जना पौडेलले ४३ मत पाइन् ।

सचिव पदका लागि गठबन्धनका ध्रुव ढकालले १४८ मत ल्याएर विजयी बने भने उनका प्रतिद्वन्द्वी प्रेस चौतारी नेपालका दिनेश गजमेरले ६४ मत पाए भने माओवादी केन्द्रबाट बागी बनेका भरतराज शर्मा (गोपाल कामत) ले ३१ मत पाएका छन् ।

सहसचिव पदमा गठबन्धनका तिर्थ कार्कीले ११५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीका विकल रेग्मीले पनि ११५ मत नै पाए । मत वरावर भएपछि उनीहरुबीच पहिलो वर्षको कार्यकाल लिनेले एक वर्ष र दोस्रो वर्षको कार्यकाल लिनेले दुई वर्ष काम गर्न पाउने गरी दुवैपक्षलाई सहमति गराइएको निर्वाचन कार्यालयले जनाएको छ ।

समावेशीमा सहसचिव पदका लागि गठबन्धनबाबट भोला श्रेष्ठले १४२ मत ल्याएर विजयी बने भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीका प्रदीपकुमार चौधरीले ८९ मत पाएका थिए ।

कोषाध्यक्ष पदमा गठबन्धनका अजितकुमार झाले १३१ मत ल्याएर विजयी बने भने प्रेस चौतारीका कृष्णबहाव भट्टराईले ६४ मत मात्र ल्याएका थिए ।

कोषाध्यक्ष युनियनबाट बागी उम्मेद्वारी दिएका निशान प्रकृति थारुले ४४ मत ल्याए ।

यस्तै, गठबन्धनबाटै मधेशी कोटामा वीरेन्द्रकुमार यादवले ११४ मत ल्याएका छन् । यस्तै, खुल्ला पदका सदस्य बनेका गठबन्धनकै दीपेन्द्रकुमार यादव ११३ मत ल्याए । खुल्ला सदस्यबाटै विवेक रेग्मी १५२, सुस्मिता राई १५९, संगम विष्ट १२७, शुक्रान्त राई १२१, रामबहादुर कटुवाल (आरबी) १२१, शान्ता निरौला १२० र निश्चल शर्मा १०८ मत ल्याएर विजयी बनेका छन् ।

यसअघि महिला सदस्यमा देविका चाम्लिङ, दलित सदस्यमा सुविन विश्वकर्मा, जनजाति सदस्यमा पारस राई, अल्पसंख्यक सदस्यमा महमद मिकाइल निर्विरोध निर्वाचित भइसकेका थिए ।

विजयी वनेपछि अध्यक्ष जनकऋषि राईले निर्वाचन लोकतान्त्रिक विधि मात्र भएकोले निर्वाचन परिणाम आएपछि प्यानल समूह समाप्त भएको वताउदै सवैको साथ र सहयोग लिएर समग्र सुनसरीका पत्रकारहरुको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेकाछन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic