इन्द्र बराह गल्फको उपाधि नयनको हातमा

  • वैशाख ४, २०७८
  • १३,५३४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ वैशाख ःधरानमा जारी छैटौं इन्द्र बराह स्मृति एमेच्योर खुल्ला गल्फ प्रतियोगिताको उपाधि नयन राईले हात पारेकाछन् ।

धरान गल्फ कोर्षमा शनिबार सम्पन्न प्रतियोगितामा ५ अण्डर ६५ स्कोर गर्दै राईले उपाधि हात पारेका थिए ।

राई १६ ह्याण्डीक्याप खेलाडी हुन् ।राईले जितसँगै च्याम्पियन ट्रफी र १५ हजार बराबरको बराह डिपार्टमेन्ट स्टोरको गिफ्ट भौचर पनि प्राप्त गरेकाछन् ।

प्रतियोगितामा ४ अण्डर ६६ स्कोर खेलेका भरत तामाङ दोस्रो भए । उनी १३ ह्याण्डी क्याप खेलाडी हुन् । उनको पनि २ ह्याण्डीक्याप घटेर ११ मा सिमित भएको छ । ट्रफीसँगै तामाङले बराहको १० हजार बराबरको गिफ्ट भौचर पाएका छन् ।

यस्तै, ३ अण्डर ६७ स्कोर गरेका बलबहादुर राई प्रतियोगितामा तेस्रो भए । उनी २३ ह्याण्डीक्याप खेलाडी हुन् । अब उनको पनि २ ह्याण्डीक्याप घटेर २१ मा सिमित भएको छ । प्रतियोगितामा १ अण्डर ६९ स्कोर गरेका आकाश राईले महत्वपुर्ण मानिने बेष्ट ग्रसको उपाधि जिते ।

उनी ५ ह्याण्डीक्याप खेलाडी हुन् । उनको पनि १ ह्याण्डीक्याप घटेर ४ भएको छ । प्रतियोगितामा महिलातर्फ सुमित्रा लिम्बु विजेता भइन् भने शुसिला राई उपविजेता भइन् ।

यसैगरि, सिनियरतर्फ तुलसीराम लिम्बु विजेता भए भने जुनियरतर्फ सिद्धान्त सापकोटा विजेता भए । मोष्ट बर्डीको उपाधि उदयपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं एसपी भीम दाहालले जिते भने लङ्गेष्ट ड्राइभको पुरस्कार हेमन्त थापा र नियरेष्ट टु दि पिनको पुरस्कार टेकबहादुर राईले जिते ।

विजेताहरुलाई आयोजक धरान गल्फ क्लबका अध्यक्ष टिका लिम्बु, प्रमुख अतिथि एवं धरानका मेयर तिलक राई, प्रायोजक बराह ग्रुपकी सञ्चालिका विष्णुमाया लामिछाने, बराह ग्रुपका अध्यक्ष शिवकुमार लामिछाने, नेपाल गल्फ संघका केन्द्रीय सदस्य एम.बि.लिम्बु, संघका जिल्ला अध्यक्ष डि.बि.राई, बराहका मानबहादुर विश्वकर्मा लगायतले पुरस्कार वितरण गरेका थिए ।

धरान गल्फ क्लवको आयोजना १५ वर्ष सम्म प्रतियोगिता आयोजना गर्ने सम्झौता भएको छ । प्रतियोगिताको लागि बराह ज्वेलरीले प्रायोजन गर्दै आएको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic