ओलीको दम्भ र अहंकारका कारण कम्युनिष्ट आन्दोलनको उपलव्धि धरापमा – आचार्य

  • वैशाख ५, २०७८
  • ६,२१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ वैशाख ः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सचिव लथा प्रदेश नं १ का इन्चार्ज भीम आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ र अहंकारका कारण कम्युनिष्ट आन्दोलनको उपलव्धि धरापमा पर्दै गएको आरोप लगाएकाछन् ।

22

नेकपा एमाले धरान उपमहानगर कमिटीले शनिवार आयोजना गरेको नेपाल पत्रकार महासंघ सुनसरीका निर्वाचित विजयीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा वोल्दै आचार्यले सो कुरा वताएका हुन् ।

आचार्यले कसैको दम्भ, अंहकार र स्वेच्छाचारी कदमले मुलुक र जनताले दुःख पाउनु नहुने वताउदै जनताले अव छिटै फैसला गर्ने उल्लेख गरेकाछन् ।

bhola ph

विधि पद्धतिमा विना कुनै पनि कुरा सञ्चालन हुन नसक्ने वताउदै संसारमा कुनैपनि तानाशाहहरुको लामो भविष्य नभएको जिकिर गरेका थिए ।

उनले असंवैधानिक र गैरकानुनी रुपमा केपी ओलीले कार्यकर्ता माथि गरेको छलकपटपूर्ण कदमको डटेर सामाना गर्दै संगठन निर्माण र विस्तारमा लाग्न समेत निर्देशन दिएका थिए ।

त्यसैगरी नेकपा एमालेका प्रदेश कमिटी सदस्य प्रकाश राईले विधिको शासन दीर्घकालिन हुने वताउदै व्यक्तिको सनक भने क्षणिक मात्र हुने वताए ।

त्यसैगरी सुनसरी जिल्ला कमिटी सदस्य पदम इस्वोले कानुनलाई हात लिने कार्य निन्दनीय र भत्र्सना गर्न विषय भएको वताए ।

उनले कानुनलाई आफ्नो हातमा राखेर अव केपी ओलीले धेरै समय सत्तामा रहीरहन नसक्ने जिकिर गरृेका थिए ।

नेकपा एमालेका धरान उपमहानगर कमिटी अध्यक्ष नारायण सुवेदीले सत्य र न्यायको पक्षमा कलम चलाउने संचारकमीहरुले जनताको पक्षमा न्यायिक लडाईमा साथ दिने वेला आएको वताए ।व्यक्तिको हैकमवादी प्रवृत्तिलाई समाप्त पार्नको लागि संचार क्षेत्रको प्रमुख भूमिका रहेको उल्लेख गरेकाछन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका नव निर्वाचित अध्यक्ष जनकऋषि राईले प्रतिगमनको अवशेषहरु वाकी नै रहेको वताउदै प्रतिगमन अझै पनि अग्रगमन पक्षहरु थप संगठित हुनु पर्नेमा जोडदिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि भीम आचार्यले निर्वाचितहरुलाई सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन नगर सचिव पारस काड.माड.ले गरेका थिए ।

 

 

 

 

 

 

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic