निर्वाचन आयोग पुग्यो एमालेको खनाल नेपाल पक्ष

  • वैशाख ५, २०७८
  • ६,७९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,५ वैशाख ःअध्यक्ष केपी शर्मा ओलीले मनोपलि निर्णर्य गर्न थालेपछि नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्ष पुन निर्वाचन आयोग पुगेको छ ।

आइतबार नेता डा। बेदुराम भुषाल र राजेन्द्र पाण्डेसहितको टोली आयोग पुगेर पार्टी विवाद निरुपण गर्न पत्र बुझाएको हो ।

सो पक्षले आयोगलाई बुझाएको पत्रमा गत फागुन २३ पछि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एकपक्षीय ढंगले गरेका निर्णयहरु अभिलेखिकरण नगर्न माग गरिएको छ ।

‘पार्टीको विधानअनुसार नचलेर पार्टीमा हुदै नभएको व्यवस्था गरेर विवाद सिर्जना गर्ने काम भयो । खासगरी महाधिवेशनबाट पारित विधान संशोधन गर्ने, निर्वाचित कमिटि भंग गर्ने अनि महाधिवेशन आयोजक कमिटि बनाउने र केन्द्रीय कमिटि विस्तार लगायतका जे जे कुरा भएका छन् ति सवै अवैधानिक छन् भनेर पुन आयोगलाई जानकारी गराउन आयोग गएका हौ’, डा। भुषालले आयोगमा बुझाएको पत्रबारे रातोपाटीलाई जानकारी दिए ।

पत्र बुझ्दै आयोगका पदाधिकारीहरुले अध्ययन गरेर जवाफ दिने बताएका थिए । सो पक्षले आयोगमा बुझाएको पत्रको दर्ता नम्बर १२०८ रहेको छ ।

सर्वोच्च अदालतले गत फागुन २३ गते गरेको फैसलापछि माओवादी र एमाले पुर्ववत अवस्थामा फर्किए पनि अध्यक्ष ओली पार्टी विधान विपरित एकपक्षीय निर्णय गर्दै अघि बढेकोमा खनाल(नेपाल पक्ष असन्तुष्ट छ ।

नेपाल खनाल पक्षले समानान्तर कमिटी सञ्चालन गर्दै आएको छ ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic