वैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालयमा बन्द गर्ने सरकारको निर्णय अनलाईन मार्फत कक्षा सञ्चालन गर्नुपर्ने

  • वैशाख ६, २०७८
  • १,९८४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, ६ वैशाखः पटिल्लो समय कोरोनाको महामारी फैलन थालेपछि सरकारले कोरोना महामारी थप फैलन नदिन देशभरका प्रमुख सहरका विद्यालयमा भौतिक उपस्थिति नगर्ने गरी कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

मन्त्री परिषदको सोमबार बिहान बालुवाटारमा बसेको बैठकले सहरी क्षेत्रका विद्यालयको भौतिक उपस्थिति वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले जानकारी दिएकाछन् ।

मन्त्री हृदेश त्रिपाठीका अनुसार जिमहल, पार्टी प्यालेस, सभा सम्मेलन, रात्रीकालिन व्यवसाय रोक लगाउनुका साथै जनस्वास्थ्य मापदण्ड पूरा गरेर २५ जना भन्दा बढी भेला हुन नपाउने थप निर्णय गरेको छ।

बैठकले अन्तर्राष्ट्रिय नाकामा हेल्प डेस्क राख्ने विषयमा पनि निर्णय गरेको छ । बैठकमा अन्तर्राष्ट्रिय नाकामा ६ वटा होल्डिङ सेन्टर जसमा प्रदेश १ मा २, प्रदेश २ मा १, लुम्बुनी र सुदूरपश्चिम प्रदेशमा २(२ वटा होल्डिङ सेन्टर राख्ने निर्णय भएको छ।

यसैबीच कोरोनाको दोस्रो लहर आएकोले नियन्त्रणका लागि विस्तृत आदेश जारी गर्ने निर्णय बैठकले गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले जानकारी दिए।

‘कोरोनाको दोस्रो लहर आइसकेकोले सरकारले विस्तृत आदेश जारी गर्ने निर्णय गरेको छ, जनाएकाछन् । मन्त्री त्रिपाठीले ‘संघ, प्रदेश र स्थानीय तह, समाज र समुदाय तथा व्यक्तिको भूमिका र जिम्मेवारी के हुन्छ भन्नेबारे विस्तृत आदेशमा उल्लेख गरिने जनाएकाछन् ।

उनले विद्यालय बन्द गर्न नगरी अनलाइन लगायतबाट पठनपाठन निरन्तर गरिने बताए।‘विद्यालय बन्द गर्ने होइन अनलाइन कक्षा सञ्चालन गर्ने हो भौतिक उपस्थिति मात्र नगर्ने हो ।

उनले यसो गरेको खण्डमा यातायातमा हुने भीड पनि कम गरिने जानकारी दिएकाछन् ।

‘स्वास्थ्य मापदण्डलाई कडाइ गर्ने गरी सबै क्षेत्रलाई समेटिएको आदेश आजै जारी गरिने समेत बताएका छन्।
आदेश जारी भएदेखि आजैदेखि लागू गरिने उनले बताए। भिडभाड हुने क्षेत्र वैशाखभर नियन्त्रण गर्न लागिएको छ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic