वैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालयमा बन्द गर्ने सरकारको निर्णय अनलाईन मार्फत कक्षा सञ्चालन गर्नुपर्ने

  • वैशाख ६, २०७८
  • १,९२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, ६ वैशाखः पटिल्लो समय कोरोनाको महामारी फैलन थालेपछि सरकारले कोरोना महामारी थप फैलन नदिन देशभरका प्रमुख सहरका विद्यालयमा भौतिक उपस्थिति नगर्ने गरी कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

मन्त्री परिषदको सोमबार बिहान बालुवाटारमा बसेको बैठकले सहरी क्षेत्रका विद्यालयको भौतिक उपस्थिति वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले जानकारी दिएकाछन् ।

मन्त्री हृदेश त्रिपाठीका अनुसार जिमहल, पार्टी प्यालेस, सभा सम्मेलन, रात्रीकालिन व्यवसाय रोक लगाउनुका साथै जनस्वास्थ्य मापदण्ड पूरा गरेर २५ जना भन्दा बढी भेला हुन नपाउने थप निर्णय गरेको छ।

बैठकले अन्तर्राष्ट्रिय नाकामा हेल्प डेस्क राख्ने विषयमा पनि निर्णय गरेको छ । बैठकमा अन्तर्राष्ट्रिय नाकामा ६ वटा होल्डिङ सेन्टर जसमा प्रदेश १ मा २, प्रदेश २ मा १, लुम्बुनी र सुदूरपश्चिम प्रदेशमा २(२ वटा होल्डिङ सेन्टर राख्ने निर्णय भएको छ।

यसैबीच कोरोनाको दोस्रो लहर आएकोले नियन्त्रणका लागि विस्तृत आदेश जारी गर्ने निर्णय बैठकले गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले जानकारी दिए।

‘कोरोनाको दोस्रो लहर आइसकेकोले सरकारले विस्तृत आदेश जारी गर्ने निर्णय गरेको छ, जनाएकाछन् । मन्त्री त्रिपाठीले ‘संघ, प्रदेश र स्थानीय तह, समाज र समुदाय तथा व्यक्तिको भूमिका र जिम्मेवारी के हुन्छ भन्नेबारे विस्तृत आदेशमा उल्लेख गरिने जनाएकाछन् ।

उनले विद्यालय बन्द गर्न नगरी अनलाइन लगायतबाट पठनपाठन निरन्तर गरिने बताए।‘विद्यालय बन्द गर्ने होइन अनलाइन कक्षा सञ्चालन गर्ने हो भौतिक उपस्थिति मात्र नगर्ने हो ।

उनले यसो गरेको खण्डमा यातायातमा हुने भीड पनि कम गरिने जानकारी दिएकाछन् ।

‘स्वास्थ्य मापदण्डलाई कडाइ गर्ने गरी सबै क्षेत्रलाई समेटिएको आदेश आजै जारी गरिने समेत बताएका छन्।
आदेश जारी भएदेखि आजैदेखि लागू गरिने उनले बताए। भिडभाड हुने क्षेत्र वैशाखभर नियन्त्रण गर्न लागिएको छ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic