पाचजना जनप्रतिनिधलाई स्पष्टीकरण तीनदिन भित्र कार्यालयमा उपस्थित हुन पत्र

  • वैशाख १६, २०७८
  • २,५९५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ वैशाख ःनेकपा एमाले सुनसरीले निर्वाचित जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ ।

पार्टी विरोधी क्रियाकलाप गरेको र नेतृत्वप्रति फरक धारणा राखेको भन्दै पार्टीले उनीहरुलाई स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण सोधिएका जनप्रतिनिधिहरुमा वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख कमला मगर, धरान– १५ का वडाध्यक्ष नरेशकुमार ईवारम, रामधुनी– ५ का वडाध्यक्ष डेगराज फुयाँल, इनरुवा ३ का वडा सदस्य सरोज बराल र इटहरी उपमहानगरपालिकाका कार्यपालिका सदस्य गौरीमान परियार रहेको पार्टीले जनाएको छ ।

स्पष्टीकरण पत्रमा ‘स्थानीय तहको सदस्यले राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ३१ बमोजिम ‘पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो उक्त दल त्याग गर्न सक्ने छैन’ भन्ने कानुनी व्यवस्था स्मरण गराइएको छ ।

स्पष्टीकरण पत्रमा जनप्रतिनिधिको गतिविधि, प्राप्त सूचना र प्रमाणका आधारमा राजनीतिक दल सम्बन्धि ऐनको दफा ३२ को उपदफा (१) को खण्ड (ख) बमोजिम क्रियाकलाप गरी ऐनको दफा ३१ विपरीत दल त्याग गरेको आरोप लगाइएको छ ।

निर्वाचित भएको पदबाट समेत किन पदमूक्त नगर्ने हो सो सम्बन्धमा स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख गरिएको छ ।

जनप्रतिनिधिले पठाइएको स्पष्टीकरण पत्र नबुझेमा वा समयभित्र स्पष्टीकरण नदिएमा स्वतः दल त्याग गरेको मानी सोहीबमोजिम कारबाही अघि बढाइने चेतावनी दिइएको छ ।

जिल्ला अध्यक्ष रेवती रमण भण्डारीले पार्टी विधानविपरीत गतिविधि गर्ने र फरक दलको अभ्यास गर्ने ५ जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधिएको बताएकाछन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic