पाचजना जनप्रतिनिधलाई स्पष्टीकरण तीनदिन भित्र कार्यालयमा उपस्थित हुन पत्र

  • वैशाख १६, २०७८
  • २,६१५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ वैशाख ःनेकपा एमाले सुनसरीले निर्वाचित जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ ।

पार्टी विरोधी क्रियाकलाप गरेको र नेतृत्वप्रति फरक धारणा राखेको भन्दै पार्टीले उनीहरुलाई स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण सोधिएका जनप्रतिनिधिहरुमा वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख कमला मगर, धरान– १५ का वडाध्यक्ष नरेशकुमार ईवारम, रामधुनी– ५ का वडाध्यक्ष डेगराज फुयाँल, इनरुवा ३ का वडा सदस्य सरोज बराल र इटहरी उपमहानगरपालिकाका कार्यपालिका सदस्य गौरीमान परियार रहेको पार्टीले जनाएको छ ।

स्पष्टीकरण पत्रमा ‘स्थानीय तहको सदस्यले राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ३१ बमोजिम ‘पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो उक्त दल त्याग गर्न सक्ने छैन’ भन्ने कानुनी व्यवस्था स्मरण गराइएको छ ।

स्पष्टीकरण पत्रमा जनप्रतिनिधिको गतिविधि, प्राप्त सूचना र प्रमाणका आधारमा राजनीतिक दल सम्बन्धि ऐनको दफा ३२ को उपदफा (१) को खण्ड (ख) बमोजिम क्रियाकलाप गरी ऐनको दफा ३१ विपरीत दल त्याग गरेको आरोप लगाइएको छ ।

निर्वाचित भएको पदबाट समेत किन पदमूक्त नगर्ने हो सो सम्बन्धमा स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख गरिएको छ ।

जनप्रतिनिधिले पठाइएको स्पष्टीकरण पत्र नबुझेमा वा समयभित्र स्पष्टीकरण नदिएमा स्वतः दल त्याग गरेको मानी सोहीबमोजिम कारबाही अघि बढाइने चेतावनी दिइएको छ ।

जिल्ला अध्यक्ष रेवती रमण भण्डारीले पार्टी विधानविपरीत गतिविधि गर्ने र फरक दलको अभ्यास गर्ने ५ जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधिएको बताएकाछन् ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic