पुर्व व्रिटिस सैनिक केवलवहादुरद्धारा निर्मित संस्थाको (छत) ट्रस्ट उद्घाटन

  • वैशाख १७, २०७८
  • ३,२३५ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१७ वैशाख ः धरान १९ चौकिवारी निवासी पुर्व वृटिस गोर्खा आर्मि समाजसेवि केवल वहादुर सेरेङ चोङवाङ लिम्वुले उनको श्रीमति स्व. आइतमाया सेरेङ चोङवाङ लिम्वु र परिवारको तर्फ वाट सेरेङ चोङबाङ संस्थाको भवनमा छत ( ट्रस्ट ) निर्माण गरि शुक्रवार उद्घाटन गरि हस्तान्तरण गरेको छ ।

photo = 2

उनले निधन भएका आफ्नो वुवा श्यामवहादुर सेरेङ चोङवाङ, आमा विर्खमति सेरेङ चोङवाङ तवेवुङ, ससुरा दलवहादुर आङवाङ, सासु जयरानी आङवाङ मुदेन्छोङ सावा, माइली छोरी रमिता सेरेङ चोङवाङ र नातिनि सुम्निमा वान्तावा राईको स्मृतीमा संस्थालाई छत निर्माण गरिदिएका हुन ।

निर्माण गरिएको छतको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका सभाध्यक्ष सेरेङ चोङवाङ संस्था सुनसरीका अध्यक्ष गजेन्द्र सेरेङ चोङवाङ लिम्वु र सहयोग दाता केवल वहादुर सेरेङ चोङवाङले संयुक्त रुपमा छतको शिलालेखलाई छोपिएको कपडा उघारेर गरेका थिए ।

धरान ८ सिदार्थ मार्ग स्थित भवनको छत निर्माण तिन लाख रुपैयामा संपन्न भएको संस्थाका अध्यक्ष गजेन्द्र लिम्वुले जनाए । निर्माणका लागि सम्पुर्ण खर्च केवलवहादुर सेरेङ चोङवाङ परिवारले उपलव्ध गराएको उनले जनाए ।

कार्यक्रममा वोल्ने क्रममा कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले रचनात्मक कार्यको लागि केवलवहादुर परिवारलाई धन्यवाद दिएका थिए ।

पुर्व व्रिटिस गोर्खा सैनिक समेत रहेका केवल वहादुर सेरेङले आप्mनो जातिय संस्था संगै समस्यमा परेका असहाय तथा  विभिन्न  क्षेत्रमा सहयोग गर्दै आइरहेको छ।

उनले विभिन्न भौतिक पुर्वाधार निर्माणमा, एचआइभि संक्रमित तथा प्रभावित वालवालिकाको शिक्षाको लागि, भुकम्प पिडितका लागि,  लकडाउनका कारण समस्यमा परेका तथा वाढि पिडित लगायत असहायहरुलाई निरन्तर सहयोग गर्दै आइरहेका छन ।

कार्यक्रममा संस्थाका  संस्थापक मानवहादुर सेरेङ चोङवाङ, भिमराज सेरेङचोङवाङ लगायत संस्थाका सदस्यहरु र सहयोग दाता केवल वहादुर सेरेङका परिवारहरुको उपस्थिति रहेको थियो ।

तस्विरः विकास चाम्लिङ राई

                

 

 

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic