एनआईसी एसिया बैंकको ब्याजदर आतंक, घरकर्जा झण्डै १६ प्रतिशतसम्म ठटाएको भेटियो प्रमाण

  • वैशाख २०, २०७८
  • २,६१६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ वैशाख ः व्यवसायी दिनेश सुवेदीले ४ वर्षअघि एनआईसी एसिया बैंकबाट घर तथा सवारी कर्जा लिए । उनले सायदै कल्पना गरेका थिए, सामान्य ब्याजदरमा लिएको कर्जा भविष्यमा यति महंगो बन्ने छ ।

आफूले १५ बर्ष अगाडिदेखि कारोबार गर्दै आएको बैंकको यस्तो रवैयाबाट सुवेदी चकित छन् । ‘मिटर ब्याज’ को शैलीमा बैंकले बैंकले बारम्बार ब्याज बढाइरहेको उनको गुनासो छ ।

NIC-Asia-fraud3

बैंकले ८ प्रतिशत ब्याजदरमा नयाँ कर्जा दिने प्रतिवद्धता जनाएपछि उनले पुरानो सबै कर्जा चुक्ता गरेका थिए । तर, नयाँ कर्जा लिने बेला नै बैंकले त्यो प्रतिवद्धता सम्झिन चाहेन ।

‘महंगो दरमा नै कर्जा लिएका थियौं, तर १५।७० प्रतिशतसम्म पुग्ला भन्ने लागेको थिएन ।’

चालू आर्थिक बर्ष बैंकले ब्याजदर घटाएर १० प्रतिशतको हाराहारीमा पुर्‍याउँदा पनि आफ्नो नघटेको सुवेदीले बताए ।
‘ब्याजदर घटे पनि मैले पुरानै हिसाबले ऋण तिररहेको थिएँ, तर अहिले त बढाएर १६ छुन लाग्यो,’ उनले भने ।
सुबेदी केवल व्यवसायी हन् ।

NIC-Asia-fraud1

उनले केवल टिभी प्राइभेट लिमिटेड, भी केवल नेटवर्क प्राली, मकालु टेलिभिजन सञ्चालन गर्दै आएका छन् । २०७३ साल, माघ २० गते सुबेदीले बिराटनगरस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयबाट आफ्ना दुई छोराहरु दिपेश र दिवशको नाममा कर्जा लिएका थिए ।

बिराटनगर नै स्थायी ठेगाना भएका सुवेदीले घरकर्जा बापत ४ करोड ६० लाख रुपैयाँ लिएको बताए ।

एनआइसी एसिया बैंक र ऋणीबीचको सम्झौतापत्रमा वार्षिक १३।४९ प्रतिशत ब्याजदरमा मासिक ईएमआई ५ लाख ९६ हजार ९९६।६५ रुपैयाँ तिर्नुपर्ने उल्लेख गरिएको छ ।

बैंकले समय(समयमा ब्याजदर परिवर्तन गर्न सक्ने सम्झौतामा भनिएको छ । त्यसैलाई देखाएर बैंकले ऋणीको ढाड भाँच्ने गरी ब्याज असुल गरिरहेको हो । अहिले घर कर्जाको ब्याजदर १५।७० प्रतिशत पुर्‍याइएको छ ।

सुवेदीको स्वामित्वमा रहेको कम्पनी ‘केवल नेटवर्क प्राइभेट लिमिटेड कम्पनी’ ले लिएको दुईवटा सवारी कर्जामध्ये एउटाको ब्याजदर १४।४९ प्रतिशत र अर्कोको ११।९९ प्रतिशत पुर्‍याइएको छ । बैंकले पठाएको ब्याजदर परिवर्तन सम्वन्धी सूचनामा आधार दर ९बेस रेट० भन्दा प्रिमियम चार्ज बढी लिएको देखिन्छ ।

वैशाखका लागि आधार दर ६।७७ प्रतिशत कायम भए पनि प्रिमियम भने ८।९३ प्रतिशत जोडिएको छ । घर कर्जामा प्रिमियम चार्ज ८।९३ प्रतिशत जोडेको छ भने सवारी कर्जामा ७।७२ प्रतिशत जोडेको छ । सुबेदीले २१ लाख र १५ लाखका दुई सवारी कर्जा लिएका थिए ।

NIC-Asia-fraud

पछिल्लो समय नेपालमा प्रचलित ब्याजदरअनुसार एनआईसी एसिया बैंकको ब्याज निकै चर्को हो । केन्द्रीय बैंकको ब्याजदर सम्वन्धी कार्यविधिमा आधार दरमा प्रिमियर चार्ज बैंकहरु आफैंले तोकेर थप्न सक्ने व्यवस्था छ । तर, आधार दरभन्दा प्रिमियर चार्ज बढी हुनु स्वभाविक मानिँदैन । राष्ट्र बैंकले नतोकेपनि जथाभावी प्रिमियम दर राख्ने छुट बैंकलाई नभएको नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

‘बैंकहरुले आधार दरमा प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्ने हो, तर नेपाल राष्ट्र बैंकले ती दरहरु तोक्दैन । खराव कर्जा भएमा बैंकहरुले १० प्रतिशतसम्म पेनाल्टी चार्ज लिन पाउँछन्,’ ती अधिकारीले भने, ‘तर, अहिले चलनचल्तीको हिसाबले १५।७० प्रतिशत ब्याजदर अत्यधिक मँहगो भयो ।

गत वर्ष सरकारले कोभिड १९ को सतर्कता स्वरुप जारी गरेको लकडाउन र निषेधाज्ञाका कारण बैंकिङ प्रणालीमा अधिक तरलता भएर ब्याजदर सिंगल डिजिटमा झरेको थियो । निक्षेपतर्फको पनि ब्याजदर घटेकाले बैंकहरुको कस्ट अफ फण्डमा कमी आएर आधार दरसमेत घटेको छ । यसले गर्दा बैंकहरुले ९।५ प्रतिशतको व्याजदरमा कर्जा प्रवाह गरिरहेका छन् । तर, एनआईसी एसिया बैंकले चलनचल्तीको भन्दा झण्डै दोब्बर ब्याज ऋणीसँग मागेको देखिन्छ ।

NIC-Asia-fraud 6

चर्को ब्याजदर असुली गरिरहेको प्रमाण भेटेपछि हामीले उक्त बैंकका डिपुटी प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेलाई सम्पर्क गर्‍यौं । उनले आफू अस्पतालमा रहेको भन्दै जवाफ दिन चाहेनन् ।

‘मेरो आफन्त अस्पतालमा हुनुहुन्छ, यस्तो बेला तपाई कस्ता(कस्ता प्रश्न गर्नुहुन्छ रु कर्जा बिभागका प्रमुखलाई फोन गर्नुस,’ भन्दै उनले फोन काटे ।

एनआईसी एसिया बैंकका कर्जा विभागका प्रमुख अर्जुन खनियाँले भने सुवेदीजस्ता ग्राहक नै आफूहरुलाई नचाहिएको प्रतिक्रिया दिए । ऋणीले समयमा ईएमआई भुक्तानी नगर्दा अतिरिक्त पेनाल्टी जोडिएको उनको दावी छ ।

‘समयमा कर्जा भुक्तानी नगरेकाले उहाँहरुलाई हामीले खराव कर्जाको सुचीमा राखेका छौं । उहाँजस्तो ग्राहक हामीलाई चाहिँदैन,’ उनले भने ।तर, सुवेदी भने आफूले कर्जाको ईएमआइ भुक्तानीमा ढिलाई नगरेको बताउँछन् । कोभिडको समयमा समेत समयमै भुक्तानी गरिएको उनको भनाइ छ ।

‘समयमै कर्जाको ईएमआई भुक्तानी गरेको भएर मलाई चैत महिनामा बैंकले क्लीयरेन्स सर्टिफिकेटसमेत दिएको छ,’ उनले बैंकको प्रमाणपत्र देखाउँदै भने ।

बैंकले चैत २७ गते दिएको उक्त पत्रमा केवल टिभी प्राइभेट लिमिटेड र भी केवल नेटवर्क प्रालिलाई दिपेश र दिवश सुवेदीको संयुक्त नाममा ग्यारेन्टी उपलव्ध गराएको उल्लेख छ । नेपाल राष्ट्र बैंकको ‘डाइरेक्टिभ नम्वर २’ अनुसार कम्पनीको कर्जा चुक्ता गर्ने पर्फमेन्स राम्रो रहेको उक्त पत्रमा जनाइएको छ ।

नेपाल प्रेस डटकमबाट

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

छाल खवर धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भ ...

सिटी कलेजकी स्मिता विविएस चौथो वर्षमा सुनसरी प्

छाल खवर धरान,९ भाद्रः धरान सिटी कलेजकी स्मिता तामाङ्ग सुनसरी जिल्ला कै उत्क ...

सिङ्गिङ च्यालेन्जमा १८ जना फाइनल प्रवेश

छाल खवर धरान,८भाद्रः ¥याडिकल लाइट नेपाल प्रा.लिको आयोजना भएको “धर ...

धरानमा पहिलो पटक तिज क्विन

छाल खवर धरान,५भाद्र ः विवाहित महिलाहरुको वौद्धिकतालाई प्रतिष्पर्धा मार्फत न ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic