धरान उपमहानगरपालिकाद्धारा आज शोक विदा

  • वैशाख २३, २०७८
  • १,९७९ पटक पढिएको
  • छाल खबर
alt

धरान । धरान उपमहानगरपालिकाले विहिवार शोक विदा दिने निर्णय गरेको छ ।

धरान वडा नं.१४ निवासी पूर्व प्रधानपञ्च एवं समाजसेवी ईन्द्र प्रसाद श्रेष्ठको निधनमा उपमहानगरपालिकाले शोक विदा दिने निर्णय गरेको हो ।

श्रेष्ठको हिजो बुधबार उपचारको क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको थियो । श्रेष्ठको ८० वर्षको उमेरमा हिजो निधन भएको हो ।

उहाँको श्रीमतीको दश दिन अघिमात्र निधन भएको थियो । श्रेष्ठ महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व प्राध्यापक पनि हुन भने हाल नेपाली कांग्रेस सुनसरीका सल्लाहकार हुन ।

श्रेष्ठकै अध्यक्षतामा कोरोना महामारीको (बन्दाबन्दीको बेला) समयमा धरानका सडक आश्रित मानिसहरुलाई धरान ८ स्थित लाङ्गाली सामुदायिक वनको भवनमा तिन महिनासम्म निःशुल्क खाना समेत खुवाइएको थियो ।

श्रेष्ठको निधनमा धरान उपमहानगरपाले शोक विदा दिने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएकाछन् ।

खतिवडाका अनुसार नगर कार्यपालिकाको कार्यालय साथै माताहतका कार्यालयहरु (अत्यावश्यक सेवा बाहेक) शोक विदा दिएको हो ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic