जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री प्रदान

  • वैशाख २४, २०७८
  • १,३८१ पटक पढिएको
  • छाल खबर
alt

तस्विरः विकास चाम्लिङ राई,

छाल खवर
धरान,२४ वैशाख ः ग्रीन तारा गु्रप अफ कंपनी र सिद्धि विनायक सप्लायर्स धरानले जिल्ला प्रहरी कार्यलय, सुनसरीलाई विहिवार स्वस्थ्य सामग्री प्रदान गरको छ ।

विहिवार जिल्ला प्रहरी कार्यलयमा नै पुगेर कार्यलयका प्रमुख प्रहरी उपरीक्षक एसपि कमल थापाको हातमा ग्रीनताराका अध्यक्ष एवं प्रवन्ध निर्देशक सम्राट श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र युवा नेता तथा समाजसेवि रोहित निरौलाले संयुक्त रुपमा स्वस्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

2 final

सहयोग हस्तान्तरण गरेका स्वस्थ्य सामग्रीहरुमा सर्जिकल मास्क पाचहजार थान, केएन ९५ मास्क एक सय थान, सर्जिकल ग्लव्स एक सय थान, सेनिटाइजर ३ सय ६० थान, ह्याण्ड वास १ सय थान र ५ लिटर सेनिटाइजर रहेको छ ।

कोराना महामारीको पुनः जोखिम वढे संगै दोस्रो चरण लकडाउन लागु गरिए पछि विशेष गरि फ्रन्ट लाइनमा खटिने सुरक्षाकम्रीको स्वास्थ्य सुरक्षाका लागि स्वस्थ्य सामग्री प्रदान गरिएको ग्रीनतारा कंपनी अध्यक्ष श्रेष्ठले जनाए ।

अहिलेको अवस्थामा नागरिकको सुरक्षामा खटिनुहुने सुरक्षाकर्मी स्वयं स्वस्थ्य रहे मात्र हामि आम नागरिकलाई सुरक्षा दिन सक्ने उनले जनाए । यो समयमा सहयोग गरेर कंपनीले आप्mनो सामाजिक उतmरदायीत्व निभाएको उनले वताए ।

कोरोना महामारीको दोस्रो लहर चलिरहदा विशेष गरि फ्रन्ट लाइनमा खटिने सुरक्षाकम्रीहरु अत्यन्त्य जोखिममा रहेको र यो अवस्थामा विभिन्न सामाजिक संस्थाहरु वाट सहयोग, सद्धभाव प्राप्त हुदा हामिमा हौसला तथा मनोवल वढने जिल्ला पहरी कार्यलय, सुनसरीका प्रमुख एसपि कमल थापाले वताए ।

सुरक्षामा खटिदा आवश्यक स्रोत साधन कमि भइरहको वेला सहयोग गरि सुरक्षामा खटिने सुरक्षाकम्रीहरुको हौसला वढाइदिएको भन्दै एसपि थापाले सहयोग दाताहरुलाई धन्यवाद दिएका छन ।

सहयोग सामग्री युवा नेता तथा समाजसेवि रोहित निरौलाको संयोजनमा संकलन भएको थियो । हस्तान्तण कार्यक्रममा सिद्धिविनायक सप्लायर्सका प्रोपराइटर वेणु कोइराला, नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य संजय याक्खा लगायतको उपस्थिति रहेको थियो ।



 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic