माधव नेपाल समूहको सम्भावित नयाँ दलको खाका तयार

  • वैशाख २८, २०७८
  • ३,५६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर
काठमाडौं, २८ वैशाख ः पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दलको खाका तयार गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी बहुमतको गठबन्धन बन्ने निश्चित भएमा नेपाल समूहका सांसदहरुले राजीनामा दिएर नयाँ दल निर्माण गर्ने खाका समेत तयार गरेका हुन् । त्यसका लागि उनले गठबन्धनमा आफ्नो निश्चित शर्त समेत प्रस्तुत गरेका छन् ।

नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेकपा समाजवादी हुनेछ । अध्यक्षमा माधवकुमार नेपाल र बामदेव गौतम रहनेछन् भने वरिष्ठ नेतामा झलनाथ खनाल रहनेछन् ।

दलको चुनाव चिन्ह सुर्य चिन्हभित्र पाँचवटा तारा राखेर मागिने तयारी भएको छ । जनताको बहुदलीय जनवाद नै पार्टीको सिद्धान्त रहनेछ ।

महासचिवमा भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमध्ये दुईजनालाई राख्ने, उपमहासचिवमा गोकर्ण बिष्ट र योगेश भट्टराई रहने गरी तयारी भएको छ ।

७ उपाध्यक्ष र ७ सचिव रहने र अधिकांश युवाहरुलाई स्थान दिने तयारी भएको छ । महिलालाई पदाधिकारीमा बढी स्थान दिने गरी तयारी भएको बुझिएको छ ।

सम्भवतः माधव नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राखेको शर्तमा लिखित सहमति भएमा २० प्रत्यक्ष निर्वाचित सहित माधव नेपाल समूहका सांसदहरुले राजीनामा दिएर नयाँ दल दर्ताको प्रक्रियामा भोलि नै जाने भएका छन् ।

शर्त बमोजिम २० जनाले राजीनामा दिएको स्थानमा तत्काल उपनिर्वाचन गरी उनीहरुलाई नै जिताउन गठबन्धन दलबाट उम्मेदवारी नहुने उल्लेख छ ।

माधव नेपालले एक वर्ष गठबन्धनबाट कुनै नेता प्रधानमन्त्री बनेमा चुनाव गर्दा ६ महिना आफू बन्न पाउनुपर्ने शर्त पनि सारेको बुझिएको छ । शर्त पूरा भएमा भोलि नै नेपाल अगाडि बढ्ने विश्वस्त स्रोतले जानकारी दिएको छ ।

नेकपा माओवादी केन्द्रबाट निष्काशित ४ प्रतिनिधि सभा सदस्य खाली रहेको सिटमा उपनिर्वाचन हुँदा सोही दलका उम्मेदवारलाई नै गठबन्धनले साझा उम्मेदवार बनाउने सहमतिको खाकामा उल्लेख छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा सोभन्दा बढी दलको बहुमतप्राप्त सरकार गठनको आव्हान गरेको समय सकिदै जाँदा ओलीविरोधी गठबन्धनमाथि दबाब बढ्दै गएको छ ।

३० वैशाखको साँझ ९ बजेभित्र गठबन्धनबाट बहुमतको दाबी प्रस्तुत गरेर सरकार गठनमा नबढे ओली नै फेरि प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ । त्यसपछि ओलीविरोधी गठबन्धनबाट सरकार बनाउने सम्भावनाको ढोका बन्द हुनसक्छ ।

स्रोत रिपोटर्स नेपालबाट

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic