माधव नेपालसहित एमालेका चार नेता माथिको कारवाही फुकुवा

  • वैशाख ३०, २०७८
  • ५,३०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
वैशाख ३०, काठमाडौं ः नेकपा एमालेले केही महिना अघि माधव नेपालसहित चार नेतामाथि गरेको निलम्बनको कारवाही फुकुवा गरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो ।

पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो ।

पार्टीको वृहत्तर एकतालाई ध्यानमा राखेर बैठकले चार नेता माथिको ६ महिनाको निलम्बन फुकुवा गरिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

नेम्वाङले राष्ट्रिय राजनीतिक अवस्थालाई समेत विश्लेषण गरेर पार्टी र सरकार सम्बन्धी अरु सबै निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष केपी ओलीलाई दिएको बताए ।

वैशाख २७ गते केपि ओलीलाई माधब पक्षले विस्वासको मत नदिएपछि केपि ओली अल्पमतमा परेका थिए । त्यसपछि राष्ट्रपतिले नयाँ सरकार गठन गर्न ३ दिन्को समय दिएकी थिइन । जुन समय आज साझ सकिदैछ ।

साझसम्म कुनै दलले बहुमत पुर्याउन नसके केपि ओली पुनः ठुलो दलको नेताको रुपमा प्रधानमन्त्री बन्नेछन ।

तर आजै माधव पक्षले राजिनामा दियो भने कांग्रेस माओवादी गठबन्धनलाई बहुमत पुग्न सक्छ । माधब पक्षको राजिनामा रोक्न ओलीले कारवाही फुकुवा गरेको बुझिएको छ ।

आजै नेकपा एमालेका माधव पक्षीय सांसदको राजीनामा रोक्न नेपाल निकट वकिलहरु समेत सक्रिय भएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूले आश्वासन दिइसकेको भन्दै नेपालले राजीनामाबाट पछि हट्न आनाकानी गरेपछि वरिष्ठ अधिवक्ता शम्भु थापासहित तीन जना संविधानविद् सक्रिय भएका हुन् ।

नेपाललाई अर्थमन्त्री विष्णु पौडेलले भेटेर फर्किएलगत्तै वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष शम्भु थापा, बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई र गोविन्द बन्दी नेपाल निवास कोटेश्वर पुगेका थिए ।

नेपाललाई राजीनामा भन्दा मध्यमार्गी बाटोबाट एमालेभित्रै समाधान खोज्न उनीहरूले सुझाव दिएको स्रोतले जनाएको छ । माधब पक्षले राजिनामा दिए ओलीले सरकार बनाउन सक्ने छैनन ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic