सरकारमा सहभागी बन्ने विषयमा माधव नेपाल समूहले के भन्यो ?

  • वैशाख ३१, २०७८
  • १०,१९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, ३१ वैशाख ः आफ्ना केही मागहरु पेस गरेर अन्तर संघर्षमा उत्रेको एमालेको माधव नेपाल समुह तत्काल ओली नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव पक्षलाई समेत समेटेर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेपनि नेपाल पक्ष तत्काल सरकारमा सहभागी नहुने जनाएको छ ।

बिहीबार राति तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले शुक्रबार (आज) सपथ ग्रहण गर्दैछन् ।

ओलीले सपथ ग्रहणसँगै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएकाछन् ।

मन्त्री मण्डलमा को को सहभागी गराउने भन्ने विषयमा ओलीले आन्तरीक तयारी गरीरहेको नेम्वाङको भनाई रहेको छ ।
प्रधानमन्त्री ओलीले जसपा र माधव समुहका नेताहरुलाई सरकारमा सहभागी बन्न आग्रह गरेका थिए । तर, एमालेको माधव समुहले भने प्रधानमन्त्री ओलीलाई तत्काल सरकारमा सहभागी नबन्ने प्रष्ट पारेको माधव नेपाल निकट स्रोतले जनाएको छ ।

नेता नेपाल निकट स्रोतका अनुसार ‘पार्टीभित्रका समस्या समाधान नभई सरकारमा सहभागी नहुने भएकाछन् ।

पाटीभित्रका अन्तरविरोधहरु मिलाउन उहाँ (प्रधानमन्त्री) जेठ २ गतेमा फर्कने भन्ने कुरा छ त्यो विषयमा कंक्रिट सहमति नहुँदासम्म सरकारमा जाने सम्भावना नरहेको नेपाल स्रोतको भनाई रहेको छ ।

एमालेको माधव समुह र जसपा समेत तत्काल सरकारमा सहभागी नभए ओलीले आफु पक्षका केही नेतालाई पहिलो चरणमा मन्त्रि बनाउने तयारी गरेका छन् ।

पहिलो चरणमा ओलीले विष्णु पौडेल, प्रदीप ज्ञवाली, रामबहादुर थापा, बसन्त नेम्वाङ लगायतलाई समेट्ने तयारी गरेको बुझिएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic