सरकारमा सहभागी बन्ने विषयमा माधव नेपाल समूहले के भन्यो ?

  • वैशाख ३१, २०७८
  • १०,१५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, ३१ वैशाख ः आफ्ना केही मागहरु पेस गरेर अन्तर संघर्षमा उत्रेको एमालेको माधव नेपाल समुह तत्काल ओली नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव पक्षलाई समेत समेटेर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेपनि नेपाल पक्ष तत्काल सरकारमा सहभागी नहुने जनाएको छ ।

बिहीबार राति तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले शुक्रबार (आज) सपथ ग्रहण गर्दैछन् ।

ओलीले सपथ ग्रहणसँगै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएकाछन् ।

मन्त्री मण्डलमा को को सहभागी गराउने भन्ने विषयमा ओलीले आन्तरीक तयारी गरीरहेको नेम्वाङको भनाई रहेको छ ।
प्रधानमन्त्री ओलीले जसपा र माधव समुहका नेताहरुलाई सरकारमा सहभागी बन्न आग्रह गरेका थिए । तर, एमालेको माधव समुहले भने प्रधानमन्त्री ओलीलाई तत्काल सरकारमा सहभागी नबन्ने प्रष्ट पारेको माधव नेपाल निकट स्रोतले जनाएको छ ।

नेता नेपाल निकट स्रोतका अनुसार ‘पार्टीभित्रका समस्या समाधान नभई सरकारमा सहभागी नहुने भएकाछन् ।

पाटीभित्रका अन्तरविरोधहरु मिलाउन उहाँ (प्रधानमन्त्री) जेठ २ गतेमा फर्कने भन्ने कुरा छ त्यो विषयमा कंक्रिट सहमति नहुँदासम्म सरकारमा जाने सम्भावना नरहेको नेपाल स्रोतको भनाई रहेको छ ।

एमालेको माधव समुह र जसपा समेत तत्काल सरकारमा सहभागी नभए ओलीले आफु पक्षका केही नेतालाई पहिलो चरणमा मन्त्रि बनाउने तयारी गरेका छन् ।

पहिलो चरणमा ओलीले विष्णु पौडेल, प्रदीप ज्ञवाली, रामबहादुर थापा, बसन्त नेम्वाङ लगायतलाई समेट्ने तयारी गरेको बुझिएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic