पार्टी एकता कायम राख्न अविश्वासको वातावरण सिर्जना हुन नदिन कार्यदलको अपील एमालेमा एउटै संगठन संरचना कायम गर्न कार्यविधि र कार्यसूची बनाइने

  • जेठ ४, २०७८
  • ७,३६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर
धरान, ४ जेठः नेकपा एमाले भित्र देखिएको विवाद समाधान गर्दै सहमति कार्यान्वयनका निम्ति आवश्यक प्रस्ताव ल्याउन गठित कार्यदलले आपसमा अन्तरविरोध र अविश्वास सिर्जना हुने कार्यबाट अलग रहन पार्टी पंक्तिलाई आग्रह गरेको छ ।

आज मंगलबार सिंहदरबारमा बसेको कार्यदलको पहिलो बैठकले पार्टी एकता कायम राख्न अविश्वासको वातावरण सिर्जना हुन नदिन अपील जारी गरेको हो । बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरी लागु गर्ने निर्णय गरेको छ ।

कार्यदलका सदस्य भिम रावलले बैठक पश्चात दिनु भएको जानकारी अनुसार पार्टीमा देखिएका समस्याहरुलाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकतावद्ध गर्दै अघि बढाउन एकापसमा अविश्वास, असहयोग, अन्तरविरोध हुने काम अलग रहन कार्यदलले सबैसँग सहयोग र सद्भावको लागि आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीभित्र देखिएको समस्या समधान गर्न सहयोग र सद्भावको वातावरण निर्माण गर्ने तर्फ जोड दिदै पार्टी एकता र समझदारीलाई बृद्धि गर्न तथा आपसमा अविस्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट पार्टीपंक्तिलाई अलग रहन आव्हान गर्ने निर्णय गरेको नेता रावलले बताएका छन ।

कार्यदलका अर्का सदस्य प्रदीपकुमार ज्ञवालीले पनि बैठकमा कार्यदलको कार्यविधि र आचार संहिता तयार गरी लागू गर्ने र पार्टीमा असमझदारी तथा असहयोग वृद्धि हुने प्रकारको गतिविधि र अभिव्यक्ति नदिन र समस्या समाधानका लागि सबैबाट सहयोग र सदभावका लागि अपिल गर्ने निर्णय भएको जानकारी दिए ।

नेता ज्ञावलीले कार्यदलले पार्टीको समस्या समाधान गर्न काम प्रारम्भ गरिसकेको बताउदै यो परिप्रेक्षमा सबै नेता कार्यकर्ताहरुले यसलाई सकारात्मक निष्कर्षमा पु¥याउनका लागि योगदान गर्न आपसमा असमझदारी बढ्ने, असहयोग वृद्धि हुने कुनैपनि गतिविधिहरु र अभिव्यक्तिहरु नदिन, र समस्या समाधानका निम्ति सबैको तर्फबाट सद्भाव र सहयोगका लागि अपिल र आव्हान गर्ने निर्णय गरेर आजको बैठक सकिएको जानकारी गराए ।

कार्यदलले कार्यविधि, कार्यसूची र आचारसंहिता तत्काल तयार गरेर लागू गर्ने निर्णय गरेको छ । एमालेमा एउटै संगठन संरचना कायम गर्न कार्यविधि र कार्यसूची बनाइने भएको हो ।

सर्वोच्च अदालतको ०७७ फाल्गुण २३ गतेको निर्णय पश्चात नेकपा (एमाले) मा माधव नेपाल समुहले पार्टीलाई ०७५ जेष्ठ २ को अवस्थाबाट सञ्चालन गर्नुपर्ने माग गर्दै आएको थियो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बिच वैशाख ३१ गते भएको छलफलबाट पार्टी भित्र देखिएका सबै विवाद समाधान गर्दै पार्टीलाई एकताबद्ध गरी लैजाने सहमति गरे अनुरुप जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल तर्फबाट पाँच–पाँच जना रहने गरी दश सदस्यीय कार्यदल बनाएईको थियो ।

दश सदस्यीय कार्यदलमा केपी शर्मा ओलीको तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा प्रदीप ज्ञवाली, विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमाल सदस्य रहेका छन भने माधव नेपालको तर्फबाट भिम रावलको संयोजकत्वमा सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल र रघुजी पन्त सदस्य रहेका छन ।कार्यदलको अर्को बैठक बुधबार पनि बस्ने भएको छ ।

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic