खिमलाल देवकोटा निर्वाचित राम बहादुर थापा बादल पराजित

  • जेठ ६, २०७८
  • ४,०७४ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर
धरान ६ जेष्ठः आज सम्पन्न बाग्मती प्रदेशको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका छन् । रामबहादुर थापा बादललाई पराजित गर्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन । निर्वाचन पछि आजै गरिएको मतगणनामा देवकोटाको पक्षमा ५ हजार ८८ मतभार आएको छ भने रामबहादुर थापा बादलको पक्षमा ४ हजार १४ मतभार आएको छ ।
मतगणना परिणाम अनुसार वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाएका छन ।
त्यस्तैगरि वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाएका छन ।
आज हेटौंडामा सम्पन्न राष्ट्रियसभा उपचुनावमा निर्वाचनमा प्रदेशसभाका ११० तथा स्थानीय तहका २३८ गरी जम्मा ३४८ मतदाता रहेकोमा मतदानमा कुल मत ३३८ खसेको थियो ।
प्रदेशसभामा ३ सदस्य रहेको विवेबशिल साझा पार्टी निर्वाचन प्रकृयामा सहभागी नहुने निर्णय गरेकाले उक्त पार्टीबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरु शोभा शाक्य, विराजभक्त श्रेष्ठ र रमेश पौडेल मतदानमा उपस्थीत भएनन् ।
कोरोना संक्रमणका कारण केहि दिन अगाडी नेकपा एमालेका प्रदेशसभा सदस्य पशुपती चौलागाईको निधन भएकोले एक स्थान रिक्त रहेकोछ । मतदान प्रकृयामा दोलखाबाट निर्वाचित माओवादी केन्द्रका प्रदेशसभा सदस्य हिमाली गोले पनि अनुपस्थित रहेका थिए ।
निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले दिएको जानकारी अनुसार स्थानीय तहका ५ जना अनुपस्थति रहेका थिए । अनुपस्थित रहेका स्थानीय तहका ५ जना मध्ये ३ जना नेपाली कांग्रेस, एक नेकपा एमाले र एक जना नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित भएका हुन ।
कांग्रेसबाट निर्वाचित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र उपाध्यक्ष कोपिला पण्डित र दोलखाको विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का अनुपस्थित भएका हुन ।
नेकपा एमालेबाट निर्वाचित दोलखाको मेलुङ गाउँपालिकाकी उपाध्यक्ष कल्पना भण्डारी र नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति मतदानमा उपस्थीत भएका थिएनन् ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic