खिमलाल देवकोटा निर्वाचित राम बहादुर थापा बादल पराजित

  • जेठ ६, २०७८
  • ४,०३३ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर
धरान ६ जेष्ठः आज सम्पन्न बाग्मती प्रदेशको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका छन् । रामबहादुर थापा बादललाई पराजित गर्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन । निर्वाचन पछि आजै गरिएको मतगणनामा देवकोटाको पक्षमा ५ हजार ८८ मतभार आएको छ भने रामबहादुर थापा बादलको पक्षमा ४ हजार १४ मतभार आएको छ ।
मतगणना परिणाम अनुसार वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाएका छन ।
त्यस्तैगरि वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाएका छन ।
आज हेटौंडामा सम्पन्न राष्ट्रियसभा उपचुनावमा निर्वाचनमा प्रदेशसभाका ११० तथा स्थानीय तहका २३८ गरी जम्मा ३४८ मतदाता रहेकोमा मतदानमा कुल मत ३३८ खसेको थियो ।
प्रदेशसभामा ३ सदस्य रहेको विवेबशिल साझा पार्टी निर्वाचन प्रकृयामा सहभागी नहुने निर्णय गरेकाले उक्त पार्टीबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरु शोभा शाक्य, विराजभक्त श्रेष्ठ र रमेश पौडेल मतदानमा उपस्थीत भएनन् ।
कोरोना संक्रमणका कारण केहि दिन अगाडी नेकपा एमालेका प्रदेशसभा सदस्य पशुपती चौलागाईको निधन भएकोले एक स्थान रिक्त रहेकोछ । मतदान प्रकृयामा दोलखाबाट निर्वाचित माओवादी केन्द्रका प्रदेशसभा सदस्य हिमाली गोले पनि अनुपस्थित रहेका थिए ।
निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले दिएको जानकारी अनुसार स्थानीय तहका ५ जना अनुपस्थति रहेका थिए । अनुपस्थित रहेका स्थानीय तहका ५ जना मध्ये ३ जना नेपाली कांग्रेस, एक नेकपा एमाले र एक जना नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित भएका हुन ।
कांग्रेसबाट निर्वाचित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र उपाध्यक्ष कोपिला पण्डित र दोलखाको विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का अनुपस्थित भएका हुन ।
नेकपा एमालेबाट निर्वाचित दोलखाको मेलुङ गाउँपालिकाकी उपाध्यक्ष कल्पना भण्डारी र नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति मतदानमा उपस्थीत भएका थिएनन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic