नेपाल–खनाल समूहका सासंदहरुले भने देउवालाई समर्थन छैन

  • जेठ ७, २०७८
  • १६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर
धरान, ७ जेष्ठः राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागिआव्हान गरे सँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदिय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि आफू सँग नेबपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेका नेपाल–खनाल समूहका समेत प्रतिनिधी सभाका १४९ सदस्यको समर्थन रहेको राष्ट्रपति कार्यालयमा दावी प्रस्तुत गरिरहदा नेपाल–खनाल समूहका प्रतिनिधी सभा सदस्यहरुले भने आफूले हस्ताक्षर नै नगरेको, विगतमा संसद अधिवेशन बोलाउन संकलन गरिएको हस्ताक्षरको दूरुपयोग गरिएको बताएका छन ।
यसरी दावी गर्नेहरुमा जयकुमार राई सुनसरी, सुरेन्द्र पाण्डे चितवन, घनश्याम भुसाल रुपन्देही, योगेश भट्टराई ताप्लेजुङ्ग, गोकर्ण बिष्ट गुल्मी, गणेश पहाडी सिन्धुली र नारायण खतिवडा नुवाकोट रहेका छन ।
प्रधानमन्त्री ओलीको पौष ५ गतेको प्रतिनिधी सभा विघटन गर्ने कदम सँगै मन्त्री पदबाट राजिनामा दिएर संसद पुर्नस्थापनाको पक्षमा लागेका नेपाल–खनाल समूह सासंद योगेश भट्टराईले देउवालाइृ प्रधानमन्त्रीमा समर्थन गर्न नसकिने निर्णय सँगै आफ्नो उक्त कदमको बारेमा फेसबुकमा लेखेका छन ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेकी, गलत गरेँ इतिहासको कठोर मूल्याङ्कनमा खडा छु।ु
छालखबरसँग कुरा गर्दै सुनसरीका जयकुमार राईले विगतमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको अवस्थामा आफु संसद पुर्नस्थापनाको रहेको र अहिलेपनि पार्र्टीलाई विधि पद्धती पार्टीको विधान अनुसार चलाउनुपर्छ भन्ने पक्षमा रहेको बताउदै पार्टी विभाजनको हुनु हुदैन भन्नेमा प्रष्ट रहेको बताए ।
राईले जनता कोरोना महामारीले आक्रान्त बनिरहेको अवस्थामा राष्ट्रिय सहमती कायम गर्दै सारा मुलुकको ध्यान यस्को रोगथाम तथा नियन्त्रणमा लाग्नु पर्नेमा त्यस तर्फ गम्भिर नभएर सत्ताको खेलमा लाग्नु दुखद भएको बताए ।
सासंद राईले प्रधानमन्त्रीमा शेरबहादुर देवालालाई आफूले समर्थन नगरेको र अरु नै प्रयोजनका निमित्त लिईएको आफ्नो हस्ताक्षरको दूरुपयोग भएको राष्ट्रपति कार्यालयमा जानकारी गराएको बताएका छन ।

yogesh

Jay Kumar Rai

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic