सभामुखद्धारा उभौलि पर्वका अवसरमा शुभकामना

  • जेठ ११, २०७८
  • २,०८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ धरान ः प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले किराँत समुदायको महान पर्व उभौली तथा नेपालका राष्ट्रिय विभुति, बौद्धदर्शनका प्रवर्तक एवंम् शान्तिका अग्रदुत गौतम बुद्धको २६४५ औं जन्म जयन्ती तथा २५६५ औं बुद्ध पुर्णिमाको अवसरमाशुभकामना व्यक्त गर्नुभएको छ ।

सभामुख भण्डारीले मंगलवार शुभकामना वक्तव्य जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवंम् उत्तरोतर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वहरुले सबै नेपाली बीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराउन मद्धत पुग्ने विश्वास सभामुख भण्डारी व्यक्त गर्नुभएको छ ।

सभामुख भण्डारीले भौगोलिक, धार्मिक, साँस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचानलाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास समेत लिनु भएको छ ।

उहाले नेपालीको साझा पर्वका रुपमा विकसित हुँदै गरेका सामाजिक सद्भाव, रीतिथिति, सँस्कार र सँस्कृतिको निरन्तरताको रुपमा मनाउदै आएका चाडपर्वहरुले हाम्रो सँस्कृतिक विविधता, पहिचान एवंम् अस्तित्वलाई जोगाउने कुरा समेत स्मरण गराउनु भएकोछ ।

उहाले बैशाख पुर्णिमाको दिन मनाईने मौलिक सँस्कार र सँस्कृतिक विविधताले सम्पन्न पितृ तथा प्रकृति पुजक किराँत समुदायको महान पर्व उभौलीको शुभअवसर शुभकामना दिनु भएको छ ।

उहाले मौलिक चाडपर्वहरुले सँस्कार, सँस्कृतिहरुको संरक्षण, संम्बद्धन गर्दै सम्पूर्ण नेपाली जातजातीबीच आपसी एकता, सद्भाव, सहिष्णुता र भातृत्व अभिवृद्धि गरी देशको समृद्धि एवंम् विकासको लक्ष्य प्राप्तिका निमित्त अग्रसर हुन प्रेरणा प्रदान गरोस भन्ने कामना समेत व्यक्त गर्नुभएको छ ।

त्यसैगरी गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग रहेको आजको पवित्र दिनमा बुद्धदर्शनका स्थापित चार आर्य सत्यलाई अङ्गीकार गरेर सद्भाव, मेलमिलाप, सहअस्तित्व एवंम् अहिसांवादी सिद्धान्तको पालना गर्दै शान्ति र प्रगतिको पथमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस भन्ने शुभकामना समेत व्यक्त गनुभएको छ ।

विश्वव्यापी महामारी कोरोना संक्रमणबाट हाम्रो समाज तिब्र गतिमा प्रभावित भईरहेको अवस्था छ । संक्रमणका कारण मुत्यु हुनेको संख्या पनि बढ्दो छ ।

यस्तो महामारीको जोखिमलाई कम गर्दै उन्मुक्ती प्राप्त गर्न नागरिकहरुको आफ्नै सचेत पहल र सजगताको महत्वपूर्ण भूमिका रहने हामीले बिर्सनु हुन्न ।

वर्तमान विषम परिस्थीतिलाई ध्यान दिदै स्वास्थ्य सुरक्षाका संभव सबै उपायहरु अबलम्वन गर्दै हामी जहाँ छौ त्यही बसेर पर्वहरु मनाउन आग्रह गर्नुभएको छ ।

उहाले संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकहरु प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

ubhauli suvkamana copy.jpg11

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic