सभामुखद्धारा उभौलि पर्वका अवसरमा शुभकामना

  • जेठ ११, २०७८
  • २,०६६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ धरान ः प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले किराँत समुदायको महान पर्व उभौली तथा नेपालका राष्ट्रिय विभुति, बौद्धदर्शनका प्रवर्तक एवंम् शान्तिका अग्रदुत गौतम बुद्धको २६४५ औं जन्म जयन्ती तथा २५६५ औं बुद्ध पुर्णिमाको अवसरमाशुभकामना व्यक्त गर्नुभएको छ ।

सभामुख भण्डारीले मंगलवार शुभकामना वक्तव्य जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवंम् उत्तरोतर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वहरुले सबै नेपाली बीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराउन मद्धत पुग्ने विश्वास सभामुख भण्डारी व्यक्त गर्नुभएको छ ।

सभामुख भण्डारीले भौगोलिक, धार्मिक, साँस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचानलाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास समेत लिनु भएको छ ।

उहाले नेपालीको साझा पर्वका रुपमा विकसित हुँदै गरेका सामाजिक सद्भाव, रीतिथिति, सँस्कार र सँस्कृतिको निरन्तरताको रुपमा मनाउदै आएका चाडपर्वहरुले हाम्रो सँस्कृतिक विविधता, पहिचान एवंम् अस्तित्वलाई जोगाउने कुरा समेत स्मरण गराउनु भएकोछ ।

उहाले बैशाख पुर्णिमाको दिन मनाईने मौलिक सँस्कार र सँस्कृतिक विविधताले सम्पन्न पितृ तथा प्रकृति पुजक किराँत समुदायको महान पर्व उभौलीको शुभअवसर शुभकामना दिनु भएको छ ।

उहाले मौलिक चाडपर्वहरुले सँस्कार, सँस्कृतिहरुको संरक्षण, संम्बद्धन गर्दै सम्पूर्ण नेपाली जातजातीबीच आपसी एकता, सद्भाव, सहिष्णुता र भातृत्व अभिवृद्धि गरी देशको समृद्धि एवंम् विकासको लक्ष्य प्राप्तिका निमित्त अग्रसर हुन प्रेरणा प्रदान गरोस भन्ने कामना समेत व्यक्त गर्नुभएको छ ।

त्यसैगरी गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग रहेको आजको पवित्र दिनमा बुद्धदर्शनका स्थापित चार आर्य सत्यलाई अङ्गीकार गरेर सद्भाव, मेलमिलाप, सहअस्तित्व एवंम् अहिसांवादी सिद्धान्तको पालना गर्दै शान्ति र प्रगतिको पथमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस भन्ने शुभकामना समेत व्यक्त गनुभएको छ ।

विश्वव्यापी महामारी कोरोना संक्रमणबाट हाम्रो समाज तिब्र गतिमा प्रभावित भईरहेको अवस्था छ । संक्रमणका कारण मुत्यु हुनेको संख्या पनि बढ्दो छ ।

यस्तो महामारीको जोखिमलाई कम गर्दै उन्मुक्ती प्राप्त गर्न नागरिकहरुको आफ्नै सचेत पहल र सजगताको महत्वपूर्ण भूमिका रहने हामीले बिर्सनु हुन्न ।

वर्तमान विषम परिस्थीतिलाई ध्यान दिदै स्वास्थ्य सुरक्षाका संभव सबै उपायहरु अबलम्वन गर्दै हामी जहाँ छौ त्यही बसेर पर्वहरु मनाउन आग्रह गर्नुभएको छ ।

उहाले संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकहरु प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

ubhauli suvkamana copy.jpg11

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic