हरीयालीको आइसुलेसन सञ्चालनमा

  • जेठ १६, २०७८
  • ६७४ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१६ जेठ ः धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा धरान १९ स्थित हरियाली सामुदायिक वनको भवनमा अक्सिजन सहितको आईशोलेसन सेन्टर सुचारु भएको छ ।

कोभिड संक्रमितका लागि २५ वेडको क्षमता रहेको आईशोलेसन सेन्टर जेठ १ गतेबाट सञ्चालनमा आएको हो ।

हाल उक्त आईशोलेसन सेन्टरमा ७ जना कोभिड संक्रमित विरामी बसिरहेका छन् । धरान उपमहानगरपलिकाका मेयर तिलक राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई र सोही वडाका वडाध्यक्ष पूर्ण लिम्बुसहितको टोलीले आज (आईतबार) आईशोलेसन सेन्टरको निरिक्षण गरेका छन् ।

निरिक्षणको क्रममा मेयर राईले आईशोलेसनमा बसेका कोभिड संक्रमितहरुको अवस्था र व्यवस्थापनको बारेमा बुझ्नुभएको थियो ।

पत्रकार महासंघका अध्यक्ष राईले धरान उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको आईशोलेसन सेन्टरमा पत्रकार महासंघको पनि सहकार्य रहेको बताए । उनले कोभिड संक्रमित भएका सुनसरी भरिका पत्रकारहरुका लागि आईशोलेसन बस्न आवश्यक रहेको खण्डमा हरियालीमा राख्न सकिने बताए ।

उक्त अक्सिजन सहितको आईशोलेसन सेन्टरमा धरान उपमहानगरपालिकाले दुई जना स्वास्थ्यकर्मी खटाएको छ ।

आईशोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वास्थ्यकर्मी दिपकला राईले जानकारी दिएकाछन् । खानेकुराको व्यवस्थापन धरान उपमहानगरपालिकाले गरिरहेको छ ।

आईशोलेसन सेन्टरमा बसेका संक्रमितहरुका लागि खेलकुदका सामाग्रीहरु पनि व्यवस्थापन गरिएको जनाएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic