हरीयालीको आइसुलेसन सञ्चालनमा

  • जेठ १६, २०७८
  • ७२२ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१६ जेठ ः धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा धरान १९ स्थित हरियाली सामुदायिक वनको भवनमा अक्सिजन सहितको आईशोलेसन सेन्टर सुचारु भएको छ ।

कोभिड संक्रमितका लागि २५ वेडको क्षमता रहेको आईशोलेसन सेन्टर जेठ १ गतेबाट सञ्चालनमा आएको हो ।

हाल उक्त आईशोलेसन सेन्टरमा ७ जना कोभिड संक्रमित विरामी बसिरहेका छन् । धरान उपमहानगरपलिकाका मेयर तिलक राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई र सोही वडाका वडाध्यक्ष पूर्ण लिम्बुसहितको टोलीले आज (आईतबार) आईशोलेसन सेन्टरको निरिक्षण गरेका छन् ।

निरिक्षणको क्रममा मेयर राईले आईशोलेसनमा बसेका कोभिड संक्रमितहरुको अवस्था र व्यवस्थापनको बारेमा बुझ्नुभएको थियो ।

पत्रकार महासंघका अध्यक्ष राईले धरान उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको आईशोलेसन सेन्टरमा पत्रकार महासंघको पनि सहकार्य रहेको बताए । उनले कोभिड संक्रमित भएका सुनसरी भरिका पत्रकारहरुका लागि आईशोलेसन बस्न आवश्यक रहेको खण्डमा हरियालीमा राख्न सकिने बताए ।

उक्त अक्सिजन सहितको आईशोलेसन सेन्टरमा धरान उपमहानगरपालिकाले दुई जना स्वास्थ्यकर्मी खटाएको छ ।

आईशोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वास्थ्यकर्मी दिपकला राईले जानकारी दिएकाछन् । खानेकुराको व्यवस्थापन धरान उपमहानगरपालिकाले गरिरहेको छ ।

आईशोलेसन सेन्टरमा बसेका संक्रमितहरुका लागि खेलकुदका सामाग्रीहरु पनि व्यवस्थापन गरिएको जनाएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic