सुनसरी जिल्लामा धरानलाई सवैभन्दा बढी बजेट

  • जेठ १९, २०७८
  • ९०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,१९ जेठ सरकारले आर्थिक वर्ष २०७८÷०७९ का विनियोजन गरेको बजेटमा जिल्लाका १२ पालिका मध्ये धरानलाई सवैभन्दा वढी बजेट बिनियोजन गरेको छ ।

जिल्लाका १२ वटा पालिका मध्ये धरान उपमहानगरपालिकालाई सबैभन्दा बढी बजेट विनियोजन गरीएको हो ।

आ.व. २०७८÷७९ को बजेट भाषण मार्फत सुनसरी जिल्लाका १२ वटा पालिकामा बजेट विनियोजन गरेकामा धरानले सबैभन्दा बढी पाएको हो ।

धरान उपमहानगरपालिकालाई ८६ करोड ७७ लाख बजेट दिइएको छ ।

इटहरी उपमहानगरपालिकालाई ८२ करोड ४३ लाख बजेट छुट्याइएको छ ।

विनियोजित बजेटमा इनरुवा नगरपालिकालाई ४६ करोड ३९ लाख पठाइएको छ भने दुहबी नगरपालिकालाई ४४ करोड ३० लाख छुट्याइएको छ ।

त्यसैगरी बराहक्षेत्र नगरपालिकालाई ६२ करोड ५६ लाख र रामधुनी नगरपालिकालाई ४२ करोड ८४ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै हरिनगरा गाउँपालिकालाई ३७ करोड ६५ लाख, कोशी गाउँपालिकालाई ३२ करोड ७८ लाख, देवानगन्ज गाउँपालिकालाई ३१ करोड ९४ लाख बजेट,भोक्राहा नरसिंह गाउँपालिकालाई ३१ करोड १९ लाख,गढी गाउँपालिकालाई २९ करोड ९४ लाख बजेटपठाइएको छ । बर्जु गाउँपालिकालाई २९ करोड ८७ लाख, बजेट छुट्याइएको छ।

अर्थमन्त्री बिष्णु पौडेलले बजेट चालू खर्च, पुजिगत खर्च, न्युनतम अनुदान, शुत्रमा आधारित अनुदान, विशेष अनुदान शिर्षक सहित बजेट छुट्याएको हो ।

अन्य पालिकाको तुलनामा धरानलाई वढी रकम विनियोजन गरेर सरकारले धरानलाई केही मात्रामा भएपनि राहत प्रादन गरेको छ ।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic