सुनसरी जिल्लामा धरानलाई सवैभन्दा बढी बजेट

  • जेठ १९, २०७८
  • ८४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,१९ जेठ सरकारले आर्थिक वर्ष २०७८÷०७९ का विनियोजन गरेको बजेटमा जिल्लाका १२ पालिका मध्ये धरानलाई सवैभन्दा वढी बजेट बिनियोजन गरेको छ ।

जिल्लाका १२ वटा पालिका मध्ये धरान उपमहानगरपालिकालाई सबैभन्दा बढी बजेट विनियोजन गरीएको हो ।

आ.व. २०७८÷७९ को बजेट भाषण मार्फत सुनसरी जिल्लाका १२ वटा पालिकामा बजेट विनियोजन गरेकामा धरानले सबैभन्दा बढी पाएको हो ।

धरान उपमहानगरपालिकालाई ८६ करोड ७७ लाख बजेट दिइएको छ ।

इटहरी उपमहानगरपालिकालाई ८२ करोड ४३ लाख बजेट छुट्याइएको छ ।

विनियोजित बजेटमा इनरुवा नगरपालिकालाई ४६ करोड ३९ लाख पठाइएको छ भने दुहबी नगरपालिकालाई ४४ करोड ३० लाख छुट्याइएको छ ।

त्यसैगरी बराहक्षेत्र नगरपालिकालाई ६२ करोड ५६ लाख र रामधुनी नगरपालिकालाई ४२ करोड ८४ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै हरिनगरा गाउँपालिकालाई ३७ करोड ६५ लाख, कोशी गाउँपालिकालाई ३२ करोड ७८ लाख, देवानगन्ज गाउँपालिकालाई ३१ करोड ९४ लाख बजेट,भोक्राहा नरसिंह गाउँपालिकालाई ३१ करोड १९ लाख,गढी गाउँपालिकालाई २९ करोड ९४ लाख बजेटपठाइएको छ । बर्जु गाउँपालिकालाई २९ करोड ८७ लाख, बजेट छुट्याइएको छ।

अर्थमन्त्री बिष्णु पौडेलले बजेट चालू खर्च, पुजिगत खर्च, न्युनतम अनुदान, शुत्रमा आधारित अनुदान, विशेष अनुदान शिर्षक सहित बजेट छुट्याएको हो ।

अन्य पालिकाको तुलनामा धरानलाई वढी रकम विनियोजन गरेर सरकारले धरानलाई केही मात्रामा भएपनि राहत प्रादन गरेको छ ।

 

 

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न

छाल खवर धरान,२८पुषः नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष द ...

जन्मोत्सवमा एल.के. विहानीद्धारा बालबिकास केन्द्रल

छाल खवर धरान,२७ पुषः जन्म दिन मनाउने मानिसका विभिन्न तरीका हुन्छन् । कसैले ...

निर्झर’ ः भावना, प्रकृति र पहिचानको संगम ः धरानमा

छाल खवर धरान,२६ पुषः नेपाली समकालीन कवितामा नयाँ स्वर र संवेदनाको उपस्थिति ...

युरेका स्कुलद्धारा पूर्व विद्यार्थीहरुलाई सम्मान

छाल खवर धरान,२२ पुषः युरेका रेसिडेन्सियल सेकेन्डरी स्कुल धरानले ३२औँ स्थापन ...

डिआइजिपी कपको उपाधी पुलिस स्कुललाई

छाल खवर धरान,२० पुषः सातौं कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजिपी रनिङ फ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic