सर्दु जलाधार समाचार राजनीतिक भविष्य समाप्त पार्ने नियतबाट आयो ः काँग्रेस माओवादी

  • जेठ २१, २०७८
  • १,२५१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ जेठ ः नेपाली कांग्रेस सुनसरीले पार्टीका जिल्ला सदस्यका विषयमा आएको समाचारमा सत्यता नभएको भन्दै टिप्पणी गरेको छ ।

सुनसरी सचिव केदार भण्डारीले एक राष्ट्यि दैनिकमा प्रकाशित समाचार राजनैतिक प्रतिशोधको आधारमा आएको भन्दै विज्ञप्ति प्रकाशित गरी टिप्पणी गरेकाछन् ।

cong-979x1024

उनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भ्रामक समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

भण्डारीले नेपाली काँेग्रेस सुनसरीका जिल्ला सदस्य किशोर राईलाई बिना प्रमाण चरित्र हत्या गर्ने मनसायले झुट्टा समाचार प्रकाशित भएको विज्ञप्तिमा उल्लेख गरेकाछन् ।

पत्रकारीता क्षेत्रबाट समाजले राखेको आशा र अपेक्षालाई यस्ता समाचार र घटनाले विश्वासमा धव्वा लगाउने काँग्रेसको ठहर रहेको जनाएकाछन् ।

विना प्रमाण कसैको चरित्र हत्या गर्ने हिसाबले नलाग्न भण्डारीले पत्रकारहरुलाई आग्रह गर्दै पेसागत मर्यादालाई नभुल्न समेत आग्रह गरेकाछन् ।

उनले आम जनसमुदायलाई झुट्टा समाचारको विश्वास नगर्न आम काँग्रेस कार्यकर्ताहरुलाई अनुरोध समेत गरेकाछन् ।
उनले आगामी दिनमा पनि यस्ता कसैको चरीत्रहत्या गर्ने जस्ता कार्यहरु नगर्न समेत आग्रह गरेकाछन् ।

त्यसैगरी नेकपा माओवादी (केन्द्र) धरान नगर समितिले पनि सर्दु जलाधारको जग्गामा आफ्ना नेताको नाम जोडेर चरीत्र हत्या गर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।

केन्द्रका धरान नगर सचिव सुदर्शन श्रेष्ठले तत्काल यस्ता कार्य वन्द गर्न आग्रह समेत गरेकाछन् । जलाधारको जग्गा विवादमा स्थानीय नेता चोत्लुड. र मुक्साहाड. मेन्याड.्वोको नाम जोडिएर समाचार प्रकाशन भएको थियो

 

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic