सर्दु जलाधार समाचार राजनीतिक भविष्य समाप्त पार्ने नियतबाट आयो ः काँग्रेस माओवादी

  • जेठ २१, २०७८
  • १,२२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ जेठ ः नेपाली कांग्रेस सुनसरीले पार्टीका जिल्ला सदस्यका विषयमा आएको समाचारमा सत्यता नभएको भन्दै टिप्पणी गरेको छ ।

सुनसरी सचिव केदार भण्डारीले एक राष्ट्यि दैनिकमा प्रकाशित समाचार राजनैतिक प्रतिशोधको आधारमा आएको भन्दै विज्ञप्ति प्रकाशित गरी टिप्पणी गरेकाछन् ।

cong-979x1024

उनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भ्रामक समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

भण्डारीले नेपाली काँेग्रेस सुनसरीका जिल्ला सदस्य किशोर राईलाई बिना प्रमाण चरित्र हत्या गर्ने मनसायले झुट्टा समाचार प्रकाशित भएको विज्ञप्तिमा उल्लेख गरेकाछन् ।

पत्रकारीता क्षेत्रबाट समाजले राखेको आशा र अपेक्षालाई यस्ता समाचार र घटनाले विश्वासमा धव्वा लगाउने काँग्रेसको ठहर रहेको जनाएकाछन् ।

विना प्रमाण कसैको चरित्र हत्या गर्ने हिसाबले नलाग्न भण्डारीले पत्रकारहरुलाई आग्रह गर्दै पेसागत मर्यादालाई नभुल्न समेत आग्रह गरेकाछन् ।

उनले आम जनसमुदायलाई झुट्टा समाचारको विश्वास नगर्न आम काँग्रेस कार्यकर्ताहरुलाई अनुरोध समेत गरेकाछन् ।
उनले आगामी दिनमा पनि यस्ता कसैको चरीत्रहत्या गर्ने जस्ता कार्यहरु नगर्न समेत आग्रह गरेकाछन् ।

त्यसैगरी नेकपा माओवादी (केन्द्र) धरान नगर समितिले पनि सर्दु जलाधारको जग्गामा आफ्ना नेताको नाम जोडेर चरीत्र हत्या गर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।

केन्द्रका धरान नगर सचिव सुदर्शन श्रेष्ठले तत्काल यस्ता कार्य वन्द गर्न आग्रह समेत गरेकाछन् । जलाधारको जग्गा विवादमा स्थानीय नेता चोत्लुड. र मुक्साहाड. मेन्याड.्वोको नाम जोडिएर समाचार प्रकाशन भएको थियो

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic