गोर्खा वेलफेयरद्वारा स्वास्थ्य सामग्री सहयोग

  • जेठ २६, २०७८
  • ३१४ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२६ जेठ ः गोर्खा वेलफेयर ट्रष्ट नेपाल धरानले र नेपाल पत्रकार महासंघ सुनसरी र धरान उपमहानगरपालिकाको सहकार्यमा हरीयाली सामुदायिक बन क्षेत्रमा रहेको आईशोलेसन सेन्टरलाई ९ लाख भन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

धरान १९ स्थित आवास गृह परिषरमा एक कार्यक्रमको आयोजना गर्दै गोर्खा वेलफेयर ट्रष्ट नेपालले बुधबार ९ लाख २८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई हस्तान्तरण गरीएको थियो ।

एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख अफिसर पूर्णप्रसाद लिम्बुका अनुसार आईशोलेसन सेन्टरलाई ३ थान अक्सिजन कनेक्टरका साथै पल्स अक्सिमिटर २० थान र पीपीई सेट २ सय थान सहयोग प्रदान गरिएको छ ।

प्रमुख अफिसर लिम्बुले आवश्यक परेको खण्डमा आईशोलेसन सेन्टरलाई थप सहयोग गर्ने प्रतिवद्धता जनाउँदै प्रदेश एकको २२ स्थानमा गोर्खा वेल्फेयरले स्वास्थ्य सामग्री सहयोग गरिएको बताए ।

मेयर राईले गोर्खा भूतपूर्व आर्मीहरुको सेवा, आश्रीत परिवार र गोर्खा भूतपूर्वहरुको बसोबास रहेको क्षेत्रमा गोर्खा वेल्फेयरले विभिन्न मानवीय सेवाहरु गरिरहेको बताए ।

हरियाली आईशोलेसन सेन्टरमा खटिएकी स्वास्थ्यकर्मी दिपकला राईले सेन्टरमा १२ जना कोरोना संक्रमित विरामीहरु बसिरहेको जानुकारी दिनुभयो ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic