प्रदेश १ को बजेट ३२ अर्व ४६ करोड

  • असार १, २०७८
  • ८८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
विराटनगर,१ असार ः प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि ३२ खर्व ४८ करोड ९२ लाखको बजेट सार्वजनिक गरेको छ ।

प्रदेश १ का योजना तथा आर्थिक मामिला मन्त्री टंक आङबुहाङले मंगलवार सो बजेट सार्वजनिक गरेका हुन् ।
मन्त्री आङवुहाङले प्रदेश भरका स्थानीय तहलाइ बित्तीय समानीकरण, सर्सत अनुदान र समपुरक अनुदानका लागि कूल ३ अर्ब २२ करोड ४२ लाख रुपैयाँ छुट्याएको छ ।

उनले प्रदेश भरका स्थानीय तहले बित्तीय समानीकरण बापत १ अर्ब, सर्सत अनुदान ८५ करोड ४१ लाख र समपुरक अनुदान १ अर्ब ३७ करोड रुपैयाँ पाउने सार्वजनिक गरेका हुन् ।

यस्तै राजश्व बाँडफाँडबाट प्रदेशभरका स्थानीय तहमा करिव ८८ करोड बाँडफाँड हुने प्रदेश सरकारले प्रक्षेपण गरेको छ । नेपालको संविधान, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्धारा निर्धारित सुत्रमा आधारमा प्रदेश सरकारले प्रदेश भरका स्थानीय तहलाइ यो रकम बिनियोजन गरेको हो ।

गतवर्ष भन्दा केही कम बजेट

प्रदेश १ ले बजेटको आकार चालू आर्थिक बर्षको भन्दा घटाएको छ । प्रदेश १ सरकारको बजेट ३२ अर्ब ४६ करोड ९२ लाख रुपैंयाको छ । कूल बिनियोजनमध्ये चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख ९४३।६ प्रतिशत० र पुँजीगतर्फ १५ अर्ब ५ करोड ३५ लाख९४६।३ प्रतिशत० छ ।

स्थानीय तहमा बित्तीय हस्तान्तरणतर्फ ३ अर्ब २२ करोड ४२ लाख र बित्तीय व्यवस्थातर्फ ३ करोड अर्थात् १० प्रतिशत बजेट रहेको मन्त्री आङ्बुहाङद्धारा प्रस्तुत बजेट बक्तब्यमा उल्लेख छ ।

चालू आर्थिक बर्षमा शंसोधित सहित ४२ अर्ब ३० करोड ४८ लाख रुपैंया रहेको थियो । बिनियोजित बजेट ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैंया रहेकोमा जेठ मसान्त सम्ममा संघीय सर्सत अनुदान १ अर्ब ४० करोड ४८ लाख थप भएको थियो ।

सबै जिल्ला अस्पताल कम्तीमा ५० शय्याका

प्रदेश १ सरकारले गुणस्तरीय स्वास्थ्य सेवा, प्रदेश सरकारको प्रतिवद्धता भन्ने नारा कार्यान्वयन गर्न प्रदेशभरका सबै जिल्ला अस्पताललाइ कम्तीमा ५० शय्याका स्तरोन्नति गर्ने उल्लेख गरेको छ ।

त्यसका लागि प्रदेश मातहतका सबै अस्पतालहरुको गुरुयोजना तयार गरी अक्सिजन प्लान्ट, सघन उपचार कक्ष, बिशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी, आवश्यक यन्त्र, उपकरण, औजार र पूर्वाधारको व्यवस्थापन गर्ने भनेको छ ।

सरकारले मेची अस्पताललाई २ सय शय्या, धनकुटा र पाँचथर अस्पताललाइ १(१ सय शैया र अन्य जिल्ला अस्पताललाई न्यूनतम् ५० शय्याको हुने गरी स्तरोन्नति गर्ने घोषणा गरेको छ ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic