मेघा कलेजको प्रमुखमा भाष्कर पौडेल नियुक्त

  • असार २, २०७८
  • ११,७४८ पटक पढिएको
  • खेमबहादुर माझी
alt

खेमबहादुर माझी
धरान,२ असार ः धरान मेघा कलेजको प्रमुखमा धरान १४ निवासी भाष्कर पौडेल नियुक्त हुनु भएको छ ।

शिक्षा क्षेत्रमा लामो समय कार्यरत पौडेललाई कलेज व्यवस्थापन समितिले सोमवार कलेज प्रमुखमा नियुक्त गरेको हो ।

धरान स्थित विष्णु मेमोरीयल कलेजबाट आफ्नो उच्च शिक्षाको अध्यापन शुरु गर्नुभएका पौडेल त्याहाको कलेजका पूर्व संयोजक समेत रहनु भएको थियो ।

त्यसपछि उहाँ ह्वाइट हाउस कलेज काठमाडौंको प्राध्यापक, अरनिको इन्टरनेशनल कलेजका संस्थापक लगायत थुप्रै शैक्षिक संस्थाहरुमा उहाँको आवद्धता रहेको छ ।

नव नियुक्त क्याम्पस प्रमुख पौडलले उच्च शिक्षा अध्ययनका लागि काठमाडौलाई केन्द्र मानेर त्याही जानुपर्ने वाध्यतालाई अन्त्य गर्दै स्थानीय क्षेत्रमा नै शैक्षिक गुणस्तर कार्यम गर्न र धरानलाई शैक्षिक केन्द्र वनाउने उदेश्य आफ्नो रहेको वताउनु भयो ।

उहाले आफू यसैक्षेत्रको स्थानीय भएको र धरानमा शैक्षिक क्षेत्रको राम्रो संभावन भएकोले आफ्नै ठाउमा रहेर शिक्षा क्षेत्रमा थप योगदान पु¥याउने उदेश्यले धरान र्फिकएको उल्लेख गर्नुभयो ।

उहाले विगत दुइदशक लामो समयदेखि काठमाडौमा रहेर शिक्षा क्षेत्रमा गरेको अनुभवलाई धरानमा लागू गर्ने पनि आफ्नो थप उदेश्य रहेको वताउनुभयो । शैक्षिक हव वनाउनको लागि सवैको साथ र सहयोग भने अपरीहार्य रहेको उहाको भनाई रहेको छ ।

कलेजलाई नमुना कलेज वनाउने आफ्नो लक्ष्यलाई सफल वनाउनको लागि व्यवस्थापन समिति, शिक्षक, र क्याम्पस प्रशासन,विद्यार्थी सवैको उत्तिकै साथ सहयोग अपरीहार्यता रहेको उहाको भनाई रहेको थियो ।

मुलुकको राजधानी काठमाडौंमा रहेर शिक्षा क्षेत्रमा गरेको दुइदशक लामो अनुभव र योगदानबाट धरानलाई शिक्षा क्षेत्रमा नयाँपन दिने लक्ष्यका साथ उहाँलाई क्याम्पस प्रमुखमा नियुक्त गरीएको एकेडेमी डाइरेक्टर अजुर्न घिमिरेले जानकारी दिनुभयो ।

उहाको अनुभवबाट कलेजले छोटो समयमा नै राम्रो प्रगति हासिल गर्ने अपेक्षा गरीएको घिमिरेको भनाई रहेको छ ।

कलेजका उच्च शिक्षा संयोजक चन्द्र वनेमले नव नियुक्त क्याम्पस प्रमुखको नियुक्तिले कलेजले छुट्टै पहिचान वनाउन सक्षम हुने विश्वास रहेको वताउनुभयो ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic