मेघा कलेजको प्रमुखमा भाष्कर पौडेल नियुक्त

  • असार २, २०७८
  • ११,६९८ पटक पढिएको
  • खेमबहादुर माझी
alt

खेमबहादुर माझी
धरान,२ असार ः धरान मेघा कलेजको प्रमुखमा धरान १४ निवासी भाष्कर पौडेल नियुक्त हुनु भएको छ ।

शिक्षा क्षेत्रमा लामो समय कार्यरत पौडेललाई कलेज व्यवस्थापन समितिले सोमवार कलेज प्रमुखमा नियुक्त गरेको हो ।

धरान स्थित विष्णु मेमोरीयल कलेजबाट आफ्नो उच्च शिक्षाको अध्यापन शुरु गर्नुभएका पौडेल त्याहाको कलेजका पूर्व संयोजक समेत रहनु भएको थियो ।

त्यसपछि उहाँ ह्वाइट हाउस कलेज काठमाडौंको प्राध्यापक, अरनिको इन्टरनेशनल कलेजका संस्थापक लगायत थुप्रै शैक्षिक संस्थाहरुमा उहाँको आवद्धता रहेको छ ।

नव नियुक्त क्याम्पस प्रमुख पौडलले उच्च शिक्षा अध्ययनका लागि काठमाडौलाई केन्द्र मानेर त्याही जानुपर्ने वाध्यतालाई अन्त्य गर्दै स्थानीय क्षेत्रमा नै शैक्षिक गुणस्तर कार्यम गर्न र धरानलाई शैक्षिक केन्द्र वनाउने उदेश्य आफ्नो रहेको वताउनु भयो ।

उहाले आफू यसैक्षेत्रको स्थानीय भएको र धरानमा शैक्षिक क्षेत्रको राम्रो संभावन भएकोले आफ्नै ठाउमा रहेर शिक्षा क्षेत्रमा थप योगदान पु¥याउने उदेश्यले धरान र्फिकएको उल्लेख गर्नुभयो ।

उहाले विगत दुइदशक लामो समयदेखि काठमाडौमा रहेर शिक्षा क्षेत्रमा गरेको अनुभवलाई धरानमा लागू गर्ने पनि आफ्नो थप उदेश्य रहेको वताउनुभयो । शैक्षिक हव वनाउनको लागि सवैको साथ र सहयोग भने अपरीहार्य रहेको उहाको भनाई रहेको छ ।

कलेजलाई नमुना कलेज वनाउने आफ्नो लक्ष्यलाई सफल वनाउनको लागि व्यवस्थापन समिति, शिक्षक, र क्याम्पस प्रशासन,विद्यार्थी सवैको उत्तिकै साथ सहयोग अपरीहार्यता रहेको उहाको भनाई रहेको थियो ।

मुलुकको राजधानी काठमाडौंमा रहेर शिक्षा क्षेत्रमा गरेको दुइदशक लामो अनुभव र योगदानबाट धरानलाई शिक्षा क्षेत्रमा नयाँपन दिने लक्ष्यका साथ उहाँलाई क्याम्पस प्रमुखमा नियुक्त गरीएको एकेडेमी डाइरेक्टर अजुर्न घिमिरेले जानकारी दिनुभयो ।

उहाको अनुभवबाट कलेजले छोटो समयमा नै राम्रो प्रगति हासिल गर्ने अपेक्षा गरीएको घिमिरेको भनाई रहेको छ ।

कलेजका उच्च शिक्षा संयोजक चन्द्र वनेमले नव नियुक्त क्याम्पस प्रमुखको नियुक्तिले कलेजले छुट्टै पहिचान वनाउन सक्षम हुने विश्वास रहेको वताउनुभयो ।

 

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic