खाद्य प्रविधि विषय नेपालमै पहिलो पल्ट प्लस टु लेवलमा मेघा कलेजमा

  • असार ५, २०७८
  • १०,७३५ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,५ असारः धरान मेघा कलेजले यसै वर्षदेखि नेपाल मै पहिलो पटक नयाँ विषयमा कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ ।

कलेजले विज्ञान संकाय अन्तर्गत नेपाल मै पहिलो पल्ट खाद्य प्रविधि तथा पोषण विज्ञानको पठनपाठन सञ्चालन गर्ने भएको हो ।

यो शैक्षिक सत्र देखि प्लस टु सञ्चालनमा ल्याउने भएको छ ।

नेपालको शिक्षा निति अनुसार कक्षा १ देखि १२ सम्म एउटै विद्यालयमा सञ्चालनमा गर्नुपर्ने नितिलाई अवलम्बन गर्दै यो शैक्षिक सत्रबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

गत शैक्षिक सत्र सम्म कक्षा १० सम्म र व्याचलर तह सञ्चालन गर्दै आएको थियो ।

मेघाले यस सत्रबाट विज्ञान संकाय र व्यवस्थापन संकायको पठनपाठन सुरु गर्ने भएको छ ।

त्यसै गरेर व्यवस्थापन तर्फ होटल मेनेजमेण्ट पनि पठनपाठन गराउने कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे जनाएका छन ।

नेपालमा व्याचलर तहमा मात्र खाद्य प्रविधि र पोषण विज्ञान पठनपाठन भैरहेको छ । यो अवस्थामा ११ र १२ कक्षामा यो विषयको पठपाठन हुँदा विद्यार्थीहरु विद्यालय तह बाटै व्यवाहारिक शिक्षबाट लाभान्वित हुँदै आत्मानिर्भर हुने डाइरेक्टर घिमिरेले बताए ।

ब्याचलरमा पढाइ हुने विषयलाई ११ र १२ कक्षामा विद्यार्थीहरुले आधारभुत ज्ञान प्राप्त गर्न सक्ने छन । यो विषयमा १२ पास गरेपछि ती विद्यार्थीले खाद्य प्रविधि र पोषण विज्ञान सम्बन्धी व्यवसाय सञ्चालन गर्नुका साथै खाद्य उद्योग तथा हस्पिटलमा रोजगारको लागी दक्ष बन्ने घिमिरेको दावी रहेको छ ।

नयाँ विषय ल्याउन चुनौती भएता पनि उक्त विषयको पठनपाठन गराउन पुर्ण रुपमा तयारी भएको घिमिरेले बताए । नयाँ विषय सञ्चालनमा ल्याउँदा विषेश गरेर प्राध्यापकहरुकै समस्या हो तर मेघालाई प्राध्यापकको सवालमा त्यस्तो ठुलो चुनौती नभएको उनले दावी गरेकाछन् ।

घिमिरेका अनुसार धरानकै विभिन्न प्रतिष्ठित शैक्षिक संस्थामा आवद्ध रहेर प्राध्यापन गर्दै आएका दक्ष प्राध्यापकहरुबाट प्राध्यानपन गराउने तयारी गरिएको छ ।

त्यसै गरेर आवश्यक प्रयोगशालाहरु पनि निर्माण सम्पन्न भएको बताए ।

विज्ञान प्रविधि विषय सञ्चालनका लागि ४२ लाख बराबरको लागतमा प्रयोगशालाको समेत तयारी भैसकेको उनले जानकारी दिएकाछन् ।

त्यसैगरी विज्ञान संकाय अन्तर्गत कम्प्युटर विज्ञान पनि सञ्चालनमा ल्याइने भएको छ त्यसको लागी आवश्यक भौतिक पूर्वाधारतयार भैसकेको डाइरेक्टर घिमिरेले बताए ।

यसका साथै होटल मेनेजमेण्टको लागी आवश्यक प्रयोगशाला किचन सबै तयार हुने क्रममा छ जसरि पनि यो सत्रका विद्यार्थीहरुलाई उक्त सुविधाबाट बन्चित नहुने उनले बताए ।

कलेजको सम्पुर्ण भौतिक संरचनाहरु दिर्घकालिन भएको डाइरेक्टर घिमिरेले बताएका छन ।

उनले कलेजको योजना ११ र १२ कक्षा मात्र हैन भोलीको समयमा विश्वविद्यालय तहको लागी काठमाण्डौ केन्द्रित विद्यार्थीहरुलाई धरानमा शिक्षा प्रदान गर्ने योजना हो ।

मेघा केलेजलाई धरानको नमुना कलेजको रुपमा स्थापित गर्दै पूर्वको शैक्षिक क्षेत्रको बलियो आधार निर्माण गर्ने लक्ष्यका साथ अघि वढेको उनको भनाई रहेको छ ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic