एम्स एकेडेमीमा यस बर्षदेखि आमसञ्चार पढाई हुने

  • असार ६, २०७८
  • ११,५५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ असार ः एम्स एकेडेमी धरान १२ मा यस वर्षदेखि आमसञ्चार विषयमा पढाई हुने भएको छ ।

एम्स एकेडेमीमा नयाँ शैक्षिक सत्रको लागि कक्षा ११ मा आमसञ्चार विषयको पढाई शुरु गर्ने भएको हो ।

एकेडेमीले नयाँ भर्नाका लागि अनलाइन प्रि–रजिष्ट्रेसन समेत खुल्ला गरेको हो ।

एम्सका शैक्षिक तथा आर्थिक संयोजक हेमन्त भण्डारीका अनुसार एकेडेमीको फेसबुक पेजमा अनलाइन फारम भर्ने लिंक राखिएको छ ।

एसईई रिजल्टको प्रतिक्षामा रहेका विद्यार्थीहरुले एम्स एकेडेमीको पेजमा गएर अनलाईन दर्ता गर्न सक्ने व्यवस्था गरीएको छ ।

अनलाइन मार्फत आवेदन दिने विद्यार्थीहरुले रिजल्ट आएपछि प्रवेश परीक्षा दिनुपर्ने र त्यसपछि भर्ना शुरु गरीने भण्डारीको भनाई रहेको छ ।

एकेडेमीले शैक्षिक यो शैक्षिक सत्रमा केही बिषय थप गर्ने र विद्यार्थी संख्या पनि ४ सय भर्ना गर्ने लक्ष्य राखेको छ ।

एम्समा यसअघि विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाको अध्यापन भइरहेको छ ।

aims add chhal 1

भण्डारीका अनुसार अनुभवी शिक्षकहरु, अडियो र भिडियो कक्षा,कोठा, सुविधा सम्पन्न पुस्तकालय, ल्याब, अंग्रेजी र नेपाली माध्यमबाट पढाई, विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरु एम्सको बिशेषता रहेको छ ।

गत वर्ष पनि एम्स एकेडेमीमा कोही अनुतिर्ण नभएको कलेजको दावी रहेको छ ।पढाईका बाहेक अतिरिक्त क्रियाकलापमा पनि कलेजले जोड दिदै आएको छ ।

जिल्ला भरिमा प्लस टु लेभलमा स्काउटिङ क्रियाकलाप सञ्चालन गर्ने एम्स मात्र रहेको कलेजको दावी रहेको छ ।

गत बर्ष एम्सले फुटलब, भलिवल, बास्केटवलमा जिल्ला भरिमा प्रथम हुन सफल भएको थियो । मोरङमा आयोजित प्रदेशस्तरीय फुटबलको फाइनल खेलसम्म एम्स पुग्न सफल वनेको थियो ।

कितावी ज्ञान मात्र नभएर व्यवहारी र नैतिक शिक्षामा समेत विद्यार्थीहरुलाई दिने कलेजको अर्को विशेषता रहेको छ ।
एम्समा धरानका अन्य कलेज भन्दा अनुभव र दक्ष शिक्षकहरुले अध्यापन गराउने गरेकाछन् ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic