विद्यार्थीको आर्कषण केन्द्र बन्दै इटहरीको जनता मावि अवको यात्रा प्राविधिक विषय र उच्च शिक्षा तर्फ

  • असार ९, २०७८
  • ८,७९९ पटक पढिएको
  • भोला श्रेष्ठ
alt

भोला श्रेष्ठ
धरान,९ असार ः कुनै समय सरकारी विद्यालयको रुपमा उपेक्षामा परेको इटहरी स्थित जनता माध्यामिक विद्यालय यतिवेला अभिभावक र विद्यार्थीको आकर्षणको केन्द्र वन्न थालेको छ ।

केही वर्षयता देखि अंग्रेजी माध्यममा पढाई शुरुभएदेखि जनतामा नतिजा अप्रत्याशित रुपमा आउन थालेपछि अभिभावक र विद्यार्थीहरुको आर्कषण वन्न थालेको हो ।

आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर आउदा ७सय ७४ जना विद्यार्थीमा सीमिति रहेको जनतामा हाल २ हजार ३ सय ९५ विद्यार्थी अध्ययनरत रहेको व्यवस्थापन समितिका अध्यक्ष काशिनाथ दंगाल वताउनुहुन्छ ।

janata-school-itahari

अध्यक्ष दंगालले आफ्नो तीन वर्षे कार्यकालमा विद्यलायले गरेका प्रगति, शैक्षिक सुधारका विषयहरु समेत सार्वजनिक गर्नु भएको छ।

जनतामा एक्कासी विद्यार्थीहरुको आर्कषण बढनुमा अंग्रेजी माध्यमबाट प्रविधिमैत्री कक्षाहरुको सञ्चालन र गुणस्तरीय शिक्षामा जोड नै विद्यार्थीहरु र अविभावकको आकर्षणको विषय रहेको उहाँको भनाई रहेको छ ।अन्य विद्यालयहरुमा विद्यार्थीहरुको अभाव दिनप्रतिदिन वढदै गइरहेको समयमा गतवर्ष पनि जनतामा विद्यार्थीहरुको थेक्न नसक्नेगरी अत्याधिक मात्रामा भर्नाको लागि आवेदन परेको थियो ।

विद्यार्थीहरुको विद्यार्थीहरुको चापवढेपछि प्रवेश परीक्षा लिएर उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई मात्र भर्ना लिइएको थियो ।

kasi-nath

जनतालाई देश कै नमुना सामूदायिक विद्यालयको रुपमा पहिचान गराउन सफल हुनुुमा प्रधानाध्यापक,शिक्षक,कर्मचारी, विद्यालय व्यवस्थापन समिति परिवार,अभिभावक र विद्यार्थीको कडा मेहनत लगायत सवै कुराको अतुलनिय योगदान रहेको अध्यक्ष दंगालको भनाई रहेको छ ।

उहाँले भन्नुभयो– सामुहिक सफलतामा कुनै एक पक्षको भूमिका मात्र पयाप्त हुदैन् यसमा सवैको भूमिका र योगदान अतुलनीय हुनजान्छ ।

विद्यालयले दक्ष तथा अनुभवी शिक्षक राखेर प्रविधिमैत्रि तथा अत्याधुनिक कक्षा कोठामा अध्ययन अध्यापन गराउन थालेको छ । अंग्रेजी माध्यमबाट सुरु गरिएको उक्त नयाँ अभ्यासलाई नेपाली माध्यममा समेत प्रयोग गरिने हुँदा शिक्षाको गुणस्तर अझै बढ्ने अध्यक्ष काशीनाथ दङ्गालको दावी रहेको छ ।

कस्तो रहेको छ राज्य पक्षको सहयोग ?

उत्कृष्ट शिक्षा प्रदान गरेवापतको कार्यसम्पादन मुल्याङकन् गरी नेपाल सरकारले यस विद्यायलको स्तरोन्नतीका लागि ३ करोड २ लाख अनुदान प्रदान गरेको छ ।

कार्यसम्पादन मूल्यांकनपछि ३७ लाख ६० हजार गत आवमा शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र हुदै इटहरी नगरपालीकाको शिक्षा विकास माहाशाखा हुदै विद्यालयमा आएको छ ।

kashi and chhatrapati

यो आ.व. पुनः १ करोड ५० लाख आएको छ। क्रमश सबैपैसा आउने र भौतिक निर्माण र पूर्वाधार निर्माणमा खर्च गरिने विद्यालयका प्रधानाध्यपक छत्रपति ढुंगेलले बताए । प्रदेश सरकारको पनि १४ लाख सहयोग प्राप्त भएको छ ।
गर्न नसकेका कामहरु के के हुन ?

१.यातायातको थप सुविधा दिन नसकिएको
२.पर्याप्त शौचालय निर्माण गर्न नसकिएको
३.कोभिडका कारण अभिभावक अन्र्तक्रिया पर्याप्त हुन नसकेको
४.पर्याप्त कक्षाकोठा अभावका कारण विद्यालयमा भर्ना हुन चाहने हज्जारौ विद्यार्थीहरुलाई भर्ना लिन नसकेको ।
तीन वर्षे कार्यकालमा निम्न सुधारका काम भएका छन् ।

विद्यार्थी संख्या पहिले ७७४ अहिले २३९५
२४ वटा कक्षा कोठा थप निर्माण भएका छन् ।
स्कुल वस १ थान
५० थान कम्प्युर थान थप ल्यापटप १० थान उपलब्द छन् । इन्टरेक्टीभ वोर्ड ७ थान
प्रोजेक्टर १० थान
आई ¥यास ७ थान
बाईलोजी ल्याब निर्माण सम्पन्न, भौतिक र रासाइनिक प्रयोगशालका सामाग्री प्राप्त भएका र निर्माणको क्रममा रहेको छ ।
अंग्रेजि माध्यम कक्षा नर्सरी देखि ११ सम्म सञ्चालन गरेको छ ।
शिक्षक कर्मचारी संख्या पहिले ३८ अहिले जम्मा ८५ जना
राष्ट्रपति रनिङ्ग सिल्डमा नगर प्रथम भएको छ ।
लकडाउनको अवधिभरमा पनि वैकल्पिक माध्यममा सिकाई सहजिकरणलाई निरन्तरता दिएको छ ।
वर्तमान समयमा महंगो शुल्क भएका नीजि विद्यालयले मात्र विद्यार्थीहरुलाई समय सापेक्ष शिक्षा दिन्छन भन्ने अभिभावकको मान्यतालाई जनता माध्यमिक विद्यालयले परिवर्तन गरिदिएको छ । समयसापेक्ष दक्ष विषय विज्ञ शिक्षक कर्मचारी नियुक्त गरेर अँग्रेजी माध्यमबाट पढाई शुरु गरेपछि जनता माध्यमिक विद्यालयप्रतिको आर्कषण बर्षेनी बढ्दो छ ।
नमुना विद्यालयको रुपमा विकास हुँदै गईरहेको विद्यालयमा अहिले जुनसुकै तहमा विद्यार्थी भर्ना खुले पनि विद्यार्थीको चाप भौतिक पूर्वाधार र जनशक्तिका हिसाबले थेग्न कठिन हुन थालेको छ । नीजि विद्यालयमा भन्दा उत्कृष्ट पठनपाठन हुने भन्दै सबैको उद्देश्य जनता माध्यमिक विद्यालयमै पढ्ने भएकाले विद्यालयको क्षमता बमोजिम भर्ना गर्न कठिन भएकाले निष्पक्ष रुपमा विद्यालयले भर्ना गर्दा प्रवेश परीक्षा लिनुपरेको तर्क विद्यालय व्यवस्थापनको छ । यदि पर्याप्त भौतिक पूर्वाधार, जनशक्ति र स्रोत हुने हो भने मात्र भर्नाको चाप थेग्न सकिने विद्यालय स्रोतको ठम्याई छ ।

janta = 33

उच्च शिक्षाको यात्रामा जनता

अहिले नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना खुलेको जनता माध्यमिक विद्यालयमा इटहरी भरमै उत्कृष्ट पढाई हुने अपेक्षाका साथ एस।ई।ई परीक्षमा उत्कृष्ट नतिजा हाँसिल गरेका विद्यार्थीहरु समेत आर्कषित भई भर्ना हुन आवेदन दिईरहेका छन् ।
आगामी शैक्षिक सत्र देखि विद्यालयले ईटहरी ९ मा व्यवस्थापन संकायमा कक्षा ११ बाट अँग्रेजी माध्यममा पठनपाठन शुरु गर्न आवेदन माग गरेको छ भने हाल इटहरी ६ मा व्यवस्थापन, मानवीकि र शिक्षाशास्त्र संकायमा नेपाली माध्यमबाट ५ सय ५० जना विद्यार्थीलाई पठनपाठन गराईरहेको छ ।
देशकै नमुना सामुदायिक विद्यालय बन्ने अभियान अन्तर्गत विद्यालयले अर्को शैक्षिक सत्रमा कक्षा ११ देखि विज्ञान संकाय र प्राविधिक धार तर्फ सिभिल ईञ्जिनियरिङ्गको कक्षा सञ्चालन गर्ने योजनाका साथ तयारी शुरु भईसकेको छ ।
तीन वर्षमा के के भए उपलव्धि ?

१. विद्यार्थी संख्या पहिले ७७४ अहिले २३९५
२. २४ वटा कक्षा कोठा थप निर्माण
३. स्कुल वस १ थान
४. ५० थान कम्प्युर थान थप ल्यापटप १० थान
५.इन्टरेक्टीभ वोर्ड ७ थान
६ प्रोजेक्टर १० थान
७. आई ¥यास ७ थान
८. बाईलोजी ल्याब निर्माण सम्पन्न, भौतिक र रासाइनिक प्रयोगशालका सामाग्री प्राप्त भएका र निर्माणको क्रममा रहेको ।
९.अंग्रेजि माध्यम कक्षा नर्सरी देखि ११ सम्म सञ्चालन गरेको ।
१०शिक्षक कर्मचारी संख्या पहिले ३८ अहिले जम्मा ८५ जना
११.राष्ट्र पति रनिङ्ग सिल्डमा नगर प्रथम भएको ।
१२.लकडाउनको अवधिभरमा पनि वैकल्पिक माध्यममा सिकाई सहजिकरणलाई निरन्तरता दिएको ।

बाथरुममा लडेर प्रचण्ड घाइते

छाल खवर काठमाडौं,२४ वैशाखः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प ...

निवन्ध प्रतियोगितामा श्रृष्टी र सुस्मिता प्रथम

छाल खवर धरान,२२ वैशाखः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ ले आयोजना गरे ...

सुनाखरी इन्टरस्कुल बास्केटबलको उपाधि होलील्याण्ड

छाल खवर धरान,२१ वैशाखः सुनाखरी एकेडेमी धरानले आयोजना गरेको सुनाखरी डिटाउन ३ ...

बहुमतको बलमा पेल्न खोजे विष्फोट हुन सक्छ ः अध्यक्ष

छाल खवर धरान,२० वैशाखः पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल ...

हिविस्कस वोडिङ स्कुलको पुस्तक रहित कार्यक्रम अन्र्

छाल खवर धरान,२० वैशाखः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ले हरेक हप् ...

फोकस १६ क्लवद्धारा राष्ट्रिय फुटवल खेलाडी लकेन लिम

छाल खवर धरान,१३ वैशाखः फोकस १६ क्लवद्धारा धरानका राष्ट्रिय खेलाडी लकेन लिक् ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic