व्यवस्थापन संकायमा प्लस टु सञ्चालन गर्दै सुनाखरी एकेडेमी

  • असार १०, २०७८
  • ८,००७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० असार ः सुनाखरी एकेडेमी धरान–१२ मा यस वर्षदेखि व्यवस्थापन संकायमा कक्षा–११ को पढाई हुने भएको छ ।

एकेडेमीले दिएको जानकारी अनुसार यस वर्षदेखि कक्षा–११ मा म्यानेजमेण्ट सङ्कायमा नया भर्र्नाको तयारी भइरहेको छ ।

विद्यार्थीहरुको आर्कषण बैंक क्षेत्रमा दिनप्रतिदिन बढन थालेकोले व्यवस्थापन संकायमा कक्षा ११ सञ्चालन गर्न लागिएको एकेडेमीका प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिनुभयो ।

hhhhh

विद्यार्थीैहरुको अनावस्यक भीड जम्मा गर्ने भन्दापनि परिणाममुख शिक्षातर्फ आफूहरु अघि वढने प्रिन्सिपल राईको भनाई रहेको छ ।

उहाले धेरै विद्यार्थीको भीड जम्मा नगरी ३५÷ ३५ जनाको दुइ सेक्सन सञ्चालन गर्ने तर परिक्षाको परिणाम उत्कृष्ट ल्याउने लक्ष्य रहेको वताउनु भयो ।

आफूहरु स्वस्थ प्रतिस्पर्धामा जाने र गुणस्तरीय शिक्षा दिदै व्यवहारीक बनाउने उदेश्य साथ एकेडेमी रहेको बताउदै आफूहरु अभिभावक, विद्यार्थीलाई फोन गरेर ‘टर्चर’ दिनेलगायतको कार्य नगर्ने तर गुणस्तरीय शिक्षा दिएर अभिभावक र विद्यार्थीको मन जितेर देखाउने दावी समेत गर्नुभएको छ ।

शेयर बजार सम्वन्धि पनि विद्यार्थीहरुलाई थप जानकारी दिने एकेडेमीको योजना रहेको छ ।

विद्यालय तहका विद्यार्थीहरु स्थानीय,राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धामा सधै सफलता हात पारेको सो एकेडेमीले कलेज लेवलमा पनि यस्तो सफलतालाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।

मिस्टर एण्ड मिस सुनाखरी आइकन प्रतियोगिता कलेजको अर्को विशेषता रहेको प्रिन्सिपल राईले जानकारी दिनुभयो ।

उहाका अनुसार प्रतियोगितामा विजेता हुने विद्यार्थीले नगद दश हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यसले विद्यार्थीहरुको पढाईका अतिरिक्त क्रियाकलापमा समेत आर्कषण बढनेछ ।यसका अतिरीक्त आउट वेस रिपोटिङ अन्य कुराको लेखनको अभ्यासमा समेत विद्यार्थीहरुलाई तालिम दिइनेछ । कृषि क्षेत्रको भ्रमण गराइनेछ । कृषि क्षेत्रको भ्रमणले  कृषि उत्पादनमा समेत जानकारी राख्न सहज हुने एकेडेमीको भनाई रहेको छ ।
एकेडेमीमा हाल विद्यालय तहमा ४ सय ५० विद्यार्थी अध्ययनरत रहेकाछन् ।

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic