के के इन्टरनेशनल स्कुलमा यस वर्षदेखि प्लस टु लेवल पढाई सुरु पहिलो भर्ना पहिलो प्राथमिकता स्कुलको यस वर्षको योजना

  • असार ११, २०७८
  • १४,००६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ असार ः छोटो समयमा नै शिक्षा क्षेत्रमा आफूलाई पहिचान गराउन सफल के.के. इन्टरनेशनल स्कुल धरान १५ ले यस शैक्षिक सत्रदेखि प्लस टु लेवलको पढाई सुरु गर्ने तयारी गरेको छ ।

केके स्कुलले यस वर्षदेखि विज्ञान, व्यवस्थापन,कम्प्युटर विज्ञानमा थप पढाई शुरु गर्न लागेको हो ।

स्कुलका प्रिन्सिपल डा त्रिदेव उपाध्यायका अनुसार भर्नाका लागि प्रि रजिष्ट्रेशन खुल्ला गरिसकेको छ ।

2

प्रिन्सिपल डा उपाध्यायले विद्यालयले विशेष गरी प्लस टु लेवलमा नै इञ्जिनियरीङ र मेडिकल इन्ट्रान्सको तयारी गराउने जानकारी दिनुभयो ।

स्कुलको यस अघिको एकपछिको सफलता नै उच्चशिक्षाको लागि बलियो जग रहेको उहाँको भनाई रहेको छ । स्कुलका अभिभावक,विद्यार्थीहरुको बलियो साथ र शिक्षक कर्मचारीहरुको मेहनत र व्यवस्थापन पक्षको वोल्ड निर्णय नै स्कुलको पहिलो आधार भएको उहाँलेृ वताउनुभयो ।

डा उपाध्यायले विद्यार्थीहरुका लागि स्कुलले अत्याधुनिक सुविधासम्पन्न विज्ञान प्रयोगशाला, क्लाउड वेस्ड कम्प्युटर ल्याब, सिम्याट तयारी कक्षा र कार्यक्रम कक्षा र शैक्षिक परामर्श कक्षाको समेत व्यवस्था गरेको जानकारी दिनुभयो ।

5

पहिलो भर्ना पहिलो प्राथमिकता स्कुलको यस वर्षको योजना रहेको र गुणस्तरीय शिक्षामा कोही कसैसंग सम्झौता नहुने उल्लेख गर्नुभयो ।

उहाँले विद्यार्थीको भीड जम्मा गनेभन्दा पनि दक्षजनशिक्त उत्पादन गर्ने स्कुलको लक्ष्य रहेको वताउनुभयो । भन्नुभयो –हामी भीड देखाउने भन्दापनि परिणाम मुखि कार्यमा जोडदिन्छौं ।यस वर्षमा प्लस टु लेवलमा १सय जना विद्यार्थी भर्ना लिने स्कुलले लक्ष्य लिएको छ ।

स्कुलले विद्यार्थीहरुलाई कितावी ज्ञान मात्र नभएर बाहिरी कुराहरुको पनि शिक्षा दिने उदेश्यले विभिन्न अतिरिक्त कृयाकलापहरु नियमित गराउदै सर्वाङ्गिण विकासका कार्यलाई प्राथमिकता दिदै आएको उहाँले जानकारी दिनुभयो छ ।
करिव ६ वर्ष अघि शुरु भएको केके स्कुलले अन्तर्राष्ट्रिय समेत हात पार्न सफल वनेको छ ।

स्कुलले दिएको जानकारी अनुसार ब्रटिस काउन्सिलको इन्टरनेशनल स्कुल अवार्ड २०१७र२० प्राप्त गर्न सफल भएको छ । साथमा ग्लोबल एजुकेशन सबमिट एण्ड अवार्ड समेत प्राप्त गर्न सफल भएको छ ।विद्यालयमा हाल ६ सय विद्यार्थीहरु अध्ययनरत रहेकाछन् ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic