यसरी मिल्दै छ एमाले विवाद

  • असार १२, २०७८
  • १७,४८८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ असार ःनेपाल कम्युनिष्ट पार्टि (एमाले) को केही महिना अघि देखि कायम रहेको विवाद सहमति नजिकै पुगेको छ ।

पार्टी स्रोतका अनुसार कुनै ठुलै उथलपुथल नभए केहि दिनमै विवादले एउटा निष्कर्ष पाउने गरी वार्ता अगाडी बढीरहेको छ ।

पार्टीलाइ जेठ २ को अवस्थामा फर्काउन दुवै पक्षका नेताहरू सहमत भएपछि विवाद समाधान हुन लागेको हो ।

केन्द्र देखि वडासम्मका कमिटिहरू २०७५ जेठ २ को अवस्थाबाट अगाडि बढाउने विषयमा लगभग टुङ्गोमा पुगेको एक नेताले जानकारी दिए ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपाको अस्तित्व अन्त्य गरेर एमाले र माओवादीलाइ अलग गरिदिए यता एमालेमा विवाद हुदै आएको छ ।

केहि समय यता पार्टि अध्यक्ष केपि शर्मा ओली विरूद्ध निकै आक्रमक ढंगमा प्रस्तुत भैरहेका एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल केहि दिन यता भने नरम रूपमा प्रस्तुत हुनुले पनि पार्टि एकता नजिक रहेको संकेत गरेको छ ।

पछिल्लो समय नेपाल निकट केहि नेताहरूले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा समेत माग गरिरहेको अवस्थामा नेपाल समुह केहि लचक हुनुलाइ धेरै चासोका रुपमा हेरीएको छ ।

एमाले एकताका निम्ति औपचारिक रूपमा वार्ता हुन नसकेपनि दुवै पक्षका दोश्रो तहका केहि नेताहरू लगातार अनौपचारिक वार्तामा रहेका छन् । दुवै समूहका नेताहरुले कुनैपनि हालतमा पार्टी विभाजन हुन नहुनेमा जोडदिदै आएकाछन् ।

उनीहरुले दुवैपक्षले आ–आफ्नो कमिकमजोरीलाई मिहिन ढंगले केलाएर भएपनि पार्टी एकता गर्नुपर्ने अडान राख्दै आएकाछन् ।

अनौपचारीक वार्तामा ओली समुहका सुभाष नेम्वाङ, विष्णु पौडेल, प्रदिप ज्ञवालि,विष्णु रिमाल र नेपाल समुहका भिम आचार्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट पार्टि एकताका निम्ति अनौपचारिक वार्तामा लगातार सहभागि भैरहेका छन् ।एमाले वरिष्ठ नेता झलनाथ खनालले पनि उपचारका लागि दिल्ली जानु अघि एकताकोपक्षमा विज्ञप्ति जारी गरेका थिए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic