सहमतिका लागि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने नेपालको अडान

  • असार १४, २०७८
  • ८,३७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, १४ असारः पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने अडान लिएकाछन् ।

ओलीले प्रधानमन्त्री पदबाट राजिनामा नदिएसम्म जुनसुकै शर्त राखेर पार्टी एकताको प्रस्ताव गरेपनि नेपालले नमान्ने अडान लिएका हुन् ।

नेपालनिकट स्रोतका अनुसार ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिएसम्म कुनै सम्झौता नहुने अडानमा अडिएका छन् ।

यसअघि शनिबार पत्रकारसँगको अन्र्तक्रियामा पनि नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आएपनि ब्याक नभएको स्मरण गराएका थिए । उनले अहिलेको विपक्षी गठबन्धनबाट आफू पछि नहट्ने स्पष्ट पारेका थिए ।

नेपालले ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि एमाले मात्र नभई कम्युनिस्ट एकता नै हुने भन्दै विश्वासपात्रहरुलाई त्यस अनुसार तयार हुन भनिसकेका छन् ।

उनले ओलीको एकपछि अर्को कदमहरुलाई समेत उल्लेख गर्दै उनको पक्षमा गुट परिवर्तन गरेर जानेहरुको हालत सम्झन समेत भनेको बुझिएको छ ।

यसैगरी, आज मदन भण्डारीको ७०औं जन्मयन्तीमा शुभकामना दिदै नेपालले नेकपा एमाले र सिंगो कम्युनिस्ट आन्दोलनको एकतामा जोड दिए । यसलाई अर्थपूर्ण मानिएको छ ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic