मदिरा सेवनको घटनाको सत्य तत्य वाहिर ल्याउन नौ दलीय संयन्त्रको माग

  • असार १६, २०७८
  • ११,३७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ असार ःधरान स्थित दलीय संयन्त्रले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार भएको घटनाको सत्य तथ्य वाहिर ल्याउन माग गरेको छ ।

९ दलीय संयन्त्रले वुधवार संयुक्त रुपमा विज्ञप्ति जारी वार्तास्थल छाडी जानुपर्ने अवस्थाको सत्य तथ्य वाहिर ल्याउन माग गरेको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिति २०७८ असार १५ गतेका दिन आन्दोलनरत चिकित्सक तथा कर्मचारी र संस्थाको पदाधिकारीहरु बीच भएको बार्तामा आन्दोलनरत पक्षहरुले प्रतिष्ठानका उपकुलपति मादक पदार्थ सेवन गरी आएको भन्दै वार्ता स्थल छाडेर हिडेका थिए ।

बार्तामा मादक पदार्थ सेवन गरी आएको भनि पदाधिकारीहरु प््रति लगाएको आरोपमा ९ दलिय संयन्त्रको गम्भिर ध्यार्नाकषर्ण भएको समेत विज्ञप्तिमा उल्लेख गरीएको छ ।

9 daliya

यस घटनाले मुलुक कै ठूलो शिक्षण अस्पतालको गरीमालाई धुलिसात वनाएको तथा धरानवासी जनता कै अपमान भएको महशुस भएको विज्ञप्तिमा भनिएको छ । यस घटनाप्रति संवेदनशील भई सत्यतथ्य बाहिर ल्याउन र दोषि ठहरीएमा दोषि उपर कडा भन्दा कडा कार्वाही गरी वीपी प्रतिष्ठानको साख फिर्ता ल्याई सुधार गर्नको लागि नेपाल सरकार समक्ष अनुरोध गर्दछौं विज्ञप्तिमा भनिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक तथा कर्मचारीहरुको आन्दोलनको जायज माग चाडो भन्दा चाडो पुरा गरी सहज वातावरणमा संस्था सञ्चालन गर्नु आजको आवस्यकता हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका विकृति विसंगति, भ्रष्ट्राचार र अनियमितताको अन्त्य गरी सुधारको लागि धरान नागरीक दवाव सञ्जालले प्रस्तुत गरेको ११ वु“दे ध्यानाकर्षण पत्रको सवै जायज माग तत्काल पुरा गर्न हामी जोडदार माग गर्दछौं ।

माग पुरा नगरे ९ दलिय संयन्त्र कठोर आन्दोलनको कार्यक्रम घोषणा गरी विरोध गर्न वाध्य हुने कुरा समेत विज्ञप्तिमा चेतावनि समेत दिइएको छ ।

नौ दलीय संयन्त्रमा नारायण सुवेदी अध्यक्ष नेकपा एमाले, श्याम पोख्रेल सचिव नेपाली कांग्रेस,सुदर्शन श्रेष्ठ सचिव नेकपा माओवादी केन्द्र,ताजुव लिम्वु अध्यक्ष जसपा नेपाल,सञ्जुहाङ सावा अध्यक्ष संघीय लिम्वुवान राष्ट्रिय मञ्च, चित्र मगरहाङ अध्यक्ष राष्ट्रिय जनमुक्ति पार्टी,एकराज सुव्वा प्रतिनिधि नेकपा माले,रोशन दर्नाल प्रतिनिधि राप्रपा, दोर्जे शेर्पा प्रतिनिधि राप्रपा नेपालले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरेकाछन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic