मदिरा सेवनको घटनाको सत्य तत्य वाहिर ल्याउन नौ दलीय संयन्त्रको माग

  • असार १६, २०७८
  • ११,४२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ असार ःधरान स्थित दलीय संयन्त्रले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार भएको घटनाको सत्य तथ्य वाहिर ल्याउन माग गरेको छ ।

९ दलीय संयन्त्रले वुधवार संयुक्त रुपमा विज्ञप्ति जारी वार्तास्थल छाडी जानुपर्ने अवस्थाको सत्य तथ्य वाहिर ल्याउन माग गरेको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिति २०७८ असार १५ गतेका दिन आन्दोलनरत चिकित्सक तथा कर्मचारी र संस्थाको पदाधिकारीहरु बीच भएको बार्तामा आन्दोलनरत पक्षहरुले प्रतिष्ठानका उपकुलपति मादक पदार्थ सेवन गरी आएको भन्दै वार्ता स्थल छाडेर हिडेका थिए ।

बार्तामा मादक पदार्थ सेवन गरी आएको भनि पदाधिकारीहरु प््रति लगाएको आरोपमा ९ दलिय संयन्त्रको गम्भिर ध्यार्नाकषर्ण भएको समेत विज्ञप्तिमा उल्लेख गरीएको छ ।

9 daliya

यस घटनाले मुलुक कै ठूलो शिक्षण अस्पतालको गरीमालाई धुलिसात वनाएको तथा धरानवासी जनता कै अपमान भएको महशुस भएको विज्ञप्तिमा भनिएको छ । यस घटनाप्रति संवेदनशील भई सत्यतथ्य बाहिर ल्याउन र दोषि ठहरीएमा दोषि उपर कडा भन्दा कडा कार्वाही गरी वीपी प्रतिष्ठानको साख फिर्ता ल्याई सुधार गर्नको लागि नेपाल सरकार समक्ष अनुरोध गर्दछौं विज्ञप्तिमा भनिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक तथा कर्मचारीहरुको आन्दोलनको जायज माग चाडो भन्दा चाडो पुरा गरी सहज वातावरणमा संस्था सञ्चालन गर्नु आजको आवस्यकता हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका विकृति विसंगति, भ्रष्ट्राचार र अनियमितताको अन्त्य गरी सुधारको लागि धरान नागरीक दवाव सञ्जालले प्रस्तुत गरेको ११ वु“दे ध्यानाकर्षण पत्रको सवै जायज माग तत्काल पुरा गर्न हामी जोडदार माग गर्दछौं ।

माग पुरा नगरे ९ दलिय संयन्त्र कठोर आन्दोलनको कार्यक्रम घोषणा गरी विरोध गर्न वाध्य हुने कुरा समेत विज्ञप्तिमा चेतावनि समेत दिइएको छ ।

नौ दलीय संयन्त्रमा नारायण सुवेदी अध्यक्ष नेकपा एमाले, श्याम पोख्रेल सचिव नेपाली कांग्रेस,सुदर्शन श्रेष्ठ सचिव नेकपा माओवादी केन्द्र,ताजुव लिम्वु अध्यक्ष जसपा नेपाल,सञ्जुहाङ सावा अध्यक्ष संघीय लिम्वुवान राष्ट्रिय मञ्च, चित्र मगरहाङ अध्यक्ष राष्ट्रिय जनमुक्ति पार्टी,एकराज सुव्वा प्रतिनिधि नेकपा माले,रोशन दर्नाल प्रतिनिधि राप्रपा, दोर्जे शेर्पा प्रतिनिधि राप्रपा नेपालले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरेकाछन् ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic