एमाले दोश्रो तहका नेता छलफलमा,सहमति जुटने विश्वास

  • असार १७, २०७८
  • १२,९१७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,१७ असार ःपार्टी एकताको कुरालाई टुङ्गाउने भन्दै नेकपा (एमाले) का दोश्रो तहका नेता पुनः छलफलमा जुटेका छन् ।

ललितपुरको कुपण्डोल हाईटमा अवस्थित होटल समिटमा जारी छलफलमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल समुहका दोश्रो तहका नेता सहभागी छन् ।

श्रोतका अनुसार अध्यक्ष ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ्ग र लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ,विष्णु रिमाल र नेता नेपालको तर्फबाट भीम आचार्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट सहभागी छन् । गएराती करिब ९ बजेसम्म बसेर सहमति खोज्ने प्रयास भएपनि सार्थक निष्कर्ष निस्कन सकेको थिएन ।

श्रोतका अनुसार नितिगत सहमति भैसकेपनि भाषा के राख्ने भन्ने विषयमा सहमति बन्न नसकेको हो ।

आजै दिउसो वरिष्ठ नेता नेपाल पक्षले आफु पक्षिय स्थायी कमिटि बैठक बोलाएको सन्दर्भमा बिहानै बैठक गरेर सहमतिको प्रस्ताव स्थायी कमिटिमा लैजान खोजेको हुनसक्ने आँकलन गरिएको छ ।

सहमति कै लागि भन्दै अध्यक्ष केपी शर्मा ओलीले १० औ महाधिवेशन आयोजक कमिटी समेत विघटन गरीसकेकाछन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic