झलनाथ खनाल र माधव नेपाललाई पनि बैठकको निम्तो

  • असार १७, २०७८
  • २,४७० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, १७असारः भोली (शुक्रवार) हुने नेकपा एमालेको बैठकमा सहभागी हुन वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित सबैलाई पत्र पठाइएको छ ।

पार्टीले एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे बोलाएको छ ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले यसअघिका केहीबाहेक अधिकांश बैठकमा माधव नेपाल समूहका नेतालाई बोलाएका थिएनन् ।
तर शुक्रबारको बैठकबारे सबैलाई पत्र पठाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएकाछन् ।तामाङले सबैलाई इमेल गरेर बैठकमा आउन पत्र पठाएको र टेलिफोनबाट पनि जानकारी गराउने बताएकाछन् ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएसँगै नेता खनाल र नेपालसहित ११ जनालाई गरिएको कारबाही स्वतः निष्प्रभावी बनेको अध्यक्ष ओलीले जानकारी दिएका थिए ।

यसपछि बस्न लागेको बैठकमा सबैलाई बोलाइएको छ । १६ असारको बैठकमा कारबाही गरिएका ११ जना बाहेकलाई बोलाइएको थियो । तर माधव नेपाल समूहका नेताहरुको उक्त बैठकमा उपस्थित भएनन् ।

माधव समूह अनुपस्थित भएपनि अध्यक्ष ओलीले एमालेमा रहेका पूर्वमाओवादी नेता र ३ जेठ २०७५ मा पार्टी एकता हुँदा थप भएका नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनित गरेका छन् ।

वैठकबाट पार्टी एक भएर जाने आम कार्यकर्ताहरुले विस्वास लिएकाछन् ।

यता दुवैपक्षका कार्यदलहरुले पनि वार्ता गरीरहेकोले भोलीको बैठकले एकताको सन्देश दिने विश्वास समेत नेता कार्यकर्ताहरुले दिएकाछन् ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic