मध्यरातमा माधव नेपाललाई ओलीको फोन के भयो कुरा ?

  • असार १८, २०७८
  • ४०४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,धरान,१७ असार ःनेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा वरिष्ठ नेता माधव कुमार नेपाललाई फोन गरेकाछन् ।

विहिबार साँझ ओली र नेपालवीच १५ मिनेट टेलिफोन वार्ता भएको छ । स्रोतका अनुसार शुक्रबारका लागि अध्यक्ष ओलीले बोलाएको बैठकमा माधव नेपाल समुहले सहभागि नहुने निर्णय गरेपछि ओलीले नेपाललाई फोन गरेका हुन् ।

ओलीले नेपाललाई फोन गरेर बैठकमा सहभागि हुन आग्रह गरेको स्रोतले बताएको छ तर नेपालले भोलिको बैठकमा सहभागि नहुने अडान लिएका थिए ।

यद्यपी नेपालले ओलीलाई दुईजना भेटेर कुरा गर्ने र कार्यदल बनाएर विवाद समाधानको खोजी गर्ने प्रस्ताव राखेका छन् । त्यसपछि मात्रै थप वार्ता अघि बढ्ने भन्दै नेपालले ओलीलाई शुक्रबारको केन्द्रिय समिति बैठक स्थगित गर्न आग्रह गरेका छन् ।

तर ओलीले बैठक स्थगित भने गरेका छैनन् । स्रोतका अनुसार ओली र नेपालबीच १५ मिनेट कुराकानी भए पनि ठोस सहमाति भने हुन सकेन ।

यस अघि कार्यदलका सदस्य भीम आचार्यले ओली र नेपालवीच संवाद हुने जानकारी गराएका थिए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic