मध्यरातमा माधव नेपाललाई ओलीको फोन के भयो कुरा ?

  • असार १८, २०७८
  • ४४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,धरान,१७ असार ःनेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा वरिष्ठ नेता माधव कुमार नेपाललाई फोन गरेकाछन् ।

विहिबार साँझ ओली र नेपालवीच १५ मिनेट टेलिफोन वार्ता भएको छ । स्रोतका अनुसार शुक्रबारका लागि अध्यक्ष ओलीले बोलाएको बैठकमा माधव नेपाल समुहले सहभागि नहुने निर्णय गरेपछि ओलीले नेपाललाई फोन गरेका हुन् ।

ओलीले नेपाललाई फोन गरेर बैठकमा सहभागि हुन आग्रह गरेको स्रोतले बताएको छ तर नेपालले भोलिको बैठकमा सहभागि नहुने अडान लिएका थिए ।

यद्यपी नेपालले ओलीलाई दुईजना भेटेर कुरा गर्ने र कार्यदल बनाएर विवाद समाधानको खोजी गर्ने प्रस्ताव राखेका छन् । त्यसपछि मात्रै थप वार्ता अघि बढ्ने भन्दै नेपालले ओलीलाई शुक्रबारको केन्द्रिय समिति बैठक स्थगित गर्न आग्रह गरेका छन् ।

तर ओलीले बैठक स्थगित भने गरेका छैनन् । स्रोतका अनुसार ओली र नेपालबीच १५ मिनेट कुराकानी भए पनि ठोस सहमाति भने हुन सकेन ।

यस अघि कार्यदलका सदस्य भीम आचार्यले ओली र नेपालवीच संवाद हुने जानकारी गराएका थिए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic