नयाँ विषयका साथ शैक्षिक कार्यक्रम सञ्चालन गर्दै युएन नवोदय कलेज यस वर्ष प्लस टु लेवलमा साइन्स,कम्प्युटर साईन्स र फुड एण्ड न्युट्रेसन विषय थप

  • असार १९, २०७८
  • १८,९२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ असार ः होटल मेनेजमेन्ट विषयमा प्रदेश नम्बर १कै उत्कृष्ट नजिता लाई छुट्टै पहिचान बनाउन सफल युएन नवोदय कलेजले यसै शैक्षिक सत्रमा प्लस टु लेवलमा नया विषयहरु सञ्चालनमा ल्याउने भएको छ ।

कलेजले शनिवार पत्रकार सम्मेलन गरी कलेजले सञ्चालन गर्ने नया विषयका वारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा कलेजका प्रार्चाय डम्वर कुमार तुम्बापोले यस वर्ष प्लस टु लेवलमा साइन्स,कम्प्युटर साईन्स र फुड एण्ड न्युट्रेसन विषय थप सञ्चालनमा आउन लागेको जानकारी दिनुभयो ।

un 2 photo

युएन नवोदय कलेज प्रदेश नं १ एसईई टपरहरुको छनौटमा पर्न सफल हुदै आएको कलेज हो । कलेजबाट गतवर्षहरुमा होटल मेनेजमेन्ट प्लस टु , व्यवस्थापन संकाय,विविएस र विएचएममा प्रदेश प्रथम,प्रदेश द्धितीय स्थान हात पार्दै आएकाछन् ।

सीमित विद्यार्थी गुणस्तरीय शिक्षा कलेजको लक्ष्य रहेको क्याम्स प्रमुख तुम्बापोको भनाई रहेको छ ।धरानलाई शैक्षिक हबको रूपमा विकास गर्नको लागि आफूहरु लागि परेको कलेजको भनाई रहेको छ ।डाक्टर इन्जिनियर सहित कक्षा सञ्चालन गरीने पनि कलेजले जानकारी दिएको छ ।

साइन्सको वेस भनेको स्वास्थ्य विज्ञ उत्पादन भएकोले त्यसलाई पुरा गर्र्न सक्ने दक्ष जनशक्ति उत्पादनममा लाग्ने कलेजको दावी रहेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने र राष्ट्रलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्नका लागि गुणस्तरीय र व्यावहारिक शिक्षामा जोडदिनु नै कलेजको लक्ष्य रहेको वताईको छ ।

अभिभावक र विद्यार्थीहरुको यस अघिका विश्वासलाई कायम राख्दै अझै विद्यार्थीहरु र अभिभावकहरुमा थप सामिप्यता बढाउदै अघि वढने कलेजले जनाएको छ ।

गुणस्तरीय शिक्षामा कसैसँग सम्झौता नगर्ने कलेजका अध्यक्ष ज्ञानेश्वर झा को भनाई रहेको छ ।

un = 4 un = 5

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic