जसपा दुइचिरा को कता (नामावलीसहित)

  • असार २२, २०७८
  • ३,६१५ पटक पढिएको
  • छाल खबर
alt

काठमाडौं, २२ असार । जनता समाजवादी पार्टी औपचारिक रुपमै फुट्ने भएको छ । अलग अलग जाने मार्ग खोलिदिन भन्दै आज दुवै पक्ष निर्वाचन आयोगमा पुगे । योसँगै जसपाको औपचारिक विभाजन आयोगबाट हुने सम्भावना बढेको छ ।

जसपा विभाजन भएपछि आधिकारिक पार्टी र चिन्ह कस्को हुने टुंगो लाग्न भने कठिन छ । जसपामा निर्वाचन आयोगमा भएका कार्यकारिणी समितिको नामावलीमा बहुमत उपेन्द्र यादव पक्षधर छन् ।

महन्थ ठाकुर कार्यकारिणी समितिमा अल्पमतमा छन् । तर, उनले फेरि आफ्नो पक्षमा बहुमत बनाउन कार्यकारिणी समिति सदस्य थपेर अद्यावधिक बनाउन आयोगमा नाम पठाएका छन् ।

उपेन्द्र यादवको पक्षमा संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराई, नेताहरु अशोक राई, महेन्द्र राय यादव राजेन्द्र श्रेष्ठलगायत छन् ।

महन्थ ठाकुरको पक्षमा राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादवलगायत छन् ।
५१ सदस्यीय कार्यकारिणीमा बहुमत उपेन्द्र यादवको पक्षमा छन् । ३१ यादव पक्षमा र ३० ठाकुरको पक्षमा देखिएका छन् ।

कार्यकारिणमा को कता

उपेन्द्र यादव पक्षधर
उपेन्द्र यादव
डा। बाबुराम भट्टराई
अशोककुमार राई
महेन्द्र राय यादव
राजेन्द्र प्रसाद श्रेष्ठ
नवराज सुवेदी
युवराज कार्की
रकम चेम्जोङ
रेणुकुमारी यादव
लालबाबु राउत
हिसिला यमी
गंगानारायण श्रेष्ठ
रनध्वज लिम्बु
राम सहाय प्रसाद यादव
डम्मर बल्लभ खतिवडा
दान बहादुर विश्वकर्मा
प्रकाश अधिकारी
मोहम्मद ईस्तियाक राई
दुर्गा सोव
परशुराम बस्नेत
प्रशान्त सिंह
भक्तबहादुर शाह
सुशीला श्रेष्ठ
विजयकुमार यादव
राजकुमार लेखी
परशुराम खापुङ्ग
हेमराज राई
मृगेन्द्र कुमार सिंह यादव
नवल किशोर साह
राम नरेश राय यादव
गजाधर रोहिता यादव

महन्थ ठाकुर पक्षधर
महन्थ ठाकुर
राजेन्द्र महतो
शरतसिंह भण्डारी
अनिलकुमार झा
राजकिशोर यादव
सर्वेन्द्रनाथ शुक्ल
वृषेश चन्द्र लाल
गोविन्द चौधरी
जीतेन्द्र प्रसाद सोनार
उमाकान्त झा
चन्दा चौधरी
लक्ष्मणलाल कर्ण
मनिष कुमार सुमन
अमृता अग्रहरी
रेशमलाल चौधरी
केशव कुमार झा
अकवाल अहमद शाह
निर्जला राउत
सुनिल कुमार झा

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic